• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विदेशी खेलाडी राख्न नपाउँदा छटपटीमा छन् विभागीय टोली

64x64
दीप सुवेदी शुक्रबार, मंसिर १७, २०७८  ०७:०२
1140x725

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत पहिलो खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले ब्रिगेड ब्वाइज क्लबसँग ३–२ र दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–० गोलको हार बेहोर्‍यो। लगातारको हारपछि प्रशिक्षक कुमार थापाले भने, ‘हामीले सानो टिमसँगै हार्दा ६ अंक होइन १२ अंक गुमाएजस्तो लागेको छ। विदेशी खेलाडीलाई मैदान उतार्न नपाउँदा खेल्न गाह्रो भयो।’

त्यसअघि जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पनि विदेशी खेलाडी खेलाउन नपाउँदा कमजोर भएको आशय प्रकट गरेका थिए। उनले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘विदेशी खेलाडी नहुँदा राम्रो प्रदर्शन भएन। विभागीय टोलीले विदेशी खेलाडी राख्न पाए लिगको सबैभन्दा ठूलो दाबेदार हुने थियौँ।’

नेपाली लिगमा विदेशी खेलाडीको महत्व बुझ्न यी दुई प्रशिक्षकको भनाई काफी छन्। उनीहरूले भनेजस्तै, एक दशकअघिदेखि नेपाली फुटबल प्रतियोगितामा सहभागी हुन थालेका अफ्रिकी मूलका खेलाडीले अधिकांश क्लबको हार-जितमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। 

उनीहरूकै प्रदर्शनमा क्लबहरू ‘ए’ डिभिजनमा टिकिरहने वा घटुवा/बढुवा हुने गरेका छन्। त्यसैले पनि महँगा नेपाली खेलाडीमा भन्दा विदेशी खेलाडीमा क्लबहरूको ध्यान जानु स्वाभाविक भएको न्यूरोड टिम (एनआरटी)का प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्।

‘विदेशी खेलाडी नेपाली लिगमा हाबी भएको अहिले मात्रै होइन। नेपालमा सञ्चालन हुने ठूला प्रतियोगितामा उनीहरुको उपस्थिति बलियो छ। केही समयअगाडि भएको नेपाल सुपर लिगकै कुरा गर्ने हो भने पनि हाइ स्कोरर विदेशी खेलाडी नै थिए,’ उनी भन्छन्।

गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा क्यामरुनका मेसुके ओलुमेले सर्वाधिक आठ गोल गरेका थिए। यति मात्रै होइन, काठमाडौं रेजर्सलाई उनले आफ्नो एकल प्रदर्शनमै उपाधि दिलाइदिए। 

त्यसपछि उनको लोकप्रितयता धेरै नै चुलियो। उनी अहिले एनआरटीमा आबद्ध छन्। जारी ‘ए’ डिभिजन लिगमा पनि उनीसहित ३२ विदेशी खेलाडी ११ क्लबबाट खेलिरहेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुनै पनि क्लबले तीन विदेशी खेलाडीलाई खेलाउन पाउने प्रावधान बनाएको छ। अझ, दक्षिण एसियाली मुलुकका खेलाडी भए थप एक विदेशी खेलाडीलाई मैदानमा उतार्न पाइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त प्रावधान अनुरुप क्लबहरू विदेशी खेलाडीतर्फ आकर्षित भएका छन्। मनाङ मर्स्याङ्दी, च्यासल युथ र सातदोबाटोले ४/४ खेलाडी भित्र्याएका छन्। मच्छिन्द्र, एनआरटी, ब्रिगेड बोइज, जावलाखेल युथ र हिमालयन शेर्पा क्लबले ३/३ खेलाडी भित्र्याएका छन्। अधिकांश अफ्रिकन खेलाडी छन्।

‘अफ्रिकन खेलाडी फिजिकल्ली बलिया छन् र राम्रो खेल खेल्छन्। लगानी पनि धेरै गर्नु पर्दैन। युरोपलगायत अन्य देशका खेलाडीको खेल्ने शैली फरक हुँदा उनीहरुको खेल नेपाली खेलाडीसँग मिल्दैन,’ शाक्य भन्छन्। 

विसं २०२० को दशकमा ‘नेपाली फुटबलका पिता’ भनिने नरशमशेरले कोलकाताबाट भारतीय खेलाडी ल्याएर खेलाउने गर्दथे। ‘ए’ डिभिजन लिग निर्देशक सन्जीव मिश्रका अनुसार भारतीय फुटबलको ‘पावर हाउस’ कोलकाताका इस्ट बंगाल, मोहन बगान आदि क्लबका खेलाडी राणा खलकको निम्तोमा सिँहदरबार परिसरमा रहेको मैदानमा हुने प्रतियोगिता खेल्न आउँथे। त्यतिबेला नेपालमा खेलाडी अनुबन्धको प्रावधान नरहेकाले विदेशी खेलाडी प्रतिखेलका हिसाबले पारिश्रमिक बुझ्थे। 

त्यसपछि बिस्तारै नेपाली फुटबलले ‘पिक’ गर्न थाल्यो। केही भारतीय खेलाडीसमेत कम रकममा नेपालमा आएर फुटबल खेल्न थाले। त्यसपछि भारतीय मात्रै होइन यूरोपेली देशका खेलाडीसमेत नेपाली लिगमा आबद्ध भए। 

Xtrem

Xtrem

एनआरटीले २०३० को दशकमा जर्मन खेलाडी ल्याएको थियो। त्यसबेला ट्रान्सफर विन्डो र अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट (आईटीसी)लगायत कागजपत्र आवश्यक नपर्ने हुनाले प्रक्रिया सहज थियो। 

फितलो प्रावधानका कारण विसं २०४० को दशकमा भारतीय स्टार श्याम थापालगायत खेलाडीले ब्वाइज युनियनबाट खेले। भुटानका खरे बस्नेतको लोकप्रियता पनि नेपाली दर्शकमाझ उस्तै थियो।

२०५४ सालमा थ्रीस्टारले लिग उपाधि जित्दा भुटानकै क्रिस्पिन क्षेत्री र जितेन राई टोलीका महत्वपूर्ण खेलाडी थिए। त्यसपछि नेपाली लिगमा विदेशी खेलाडीको महत्व अन्य क्लबले पनि बुझ्न थाले।

‘तर, त्यस समय भने लिग फुटबल नियमित हुँदैन थियो। लिग ३/४ वर्षमा एकपटक मात्रै हुन्थ्यो। त्यही पनि विदेशी खेलाडीको आकर्षण नेपाली क्लबमा उस्तै रह्यो, जुन अहिले देखिन्छ,’ मिश्र भन्छन्।

आफूले ल्याएको विदेशी खेलाडीमाथि अन्य क्लबले आँखा लगाउन थालेपछि २०५७ मा काठमाडौं क्लबले स्वयंसेवक प्रशिक्षकको रुपमा सम्झौता गरेरै अर्जेन्टिनाका रोडोल्फो टोरेसलाई नेपाल ल्यायो। उनीसँगै आए, अमेरिकी खेलाडी केनेथ विलियम्स।

टोरेसलाई राखेप र एन्फामा दर्ता गराएर उक्त क्लबले भित्र्याएको थियो। २०६० सालमा त्यसै क्लबले विलियम्स र २०६१ सालमा अमेरिकी गोलरक्षक वालेस ज्याक्सनलाई अनुबन्ध गर्‍यो। त्यसपछि एन्फा र राखेपबाट नियमन गरेर खेलाडी अनुबन्ध प्रक्रिया सुरु भयो। त्यसपछि नेपालमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्लब पनि बढ्न थाल्यो।

लिग फुटबल नियमित हुन थालेपछि अफ्रिकी खेलाडीको संख्या बढ्दै गयो। विशेषगरी क्लबहरुले ‘फरवार्ड’ र ‘डिफेन्स’मा अफ्रिकी मुलका खेलाडी खेलाउन थाले। ‘हामीले अन्य देशका खेलाडी नखेलाएका होइनौँ, युरोप र जापानका खेलाडीले पनि लिग खेले। उनीहरु फिट रहन खानाहरुमा ध्यान दिन्छन्,’ शाक्य भन्छन्, ‘तर, अफ्रिकनहरू जे पनि खाने भएका कारण नेपाली बसाइ सस्तो हुन्छ। त्यसैले त्योबेला उनीहरुको आगमन बाक्लो भएको हो।’ 

अहिले विदेशी खेलाडीहरुको मूल्य भने महङ्गिदै गएको छ। एन्फानिकट रहेर क्लब चलाउने केही पदाधिकारीका अनुसार औसतमा प्रतिअफ्रिकी खेलाडी प्रतिमहिना १५ सयदेखि दुई हजार डलर खर्च गर्नुपर्छ। भिसा प्रक्रिया र उनीहरूको श्रम स्वीकृति लिन लाग्ने खर्च पनि जोड्ने हो भने यो रकम अझ बढ्छ।

ती पदाधिकारीका अनुसार तीन जना अफ्रिकी खेलाडीको श्रम स्वीकृति र भिसा खर्च नै ७ लाख रुपैयाँ हाराहारी हुन आउँछ। तर, नेपाली खेलाडीले भने औसतमा ८० हजार पाउँछन्। ‘एनएसएलकै कुरा गर्ने हो भने विराटनगर सिटी एफसीले पेट्रो मान्जीलाई महंगो रकम खर्च गरेको सुनेको थिएँ। उनलाई खर्च गर्ने रकमले नेपालको एउटा क्लबले टिम नै बनाउन पुग्थ्यो भन्ने हल्लासमेत थियो,’ ती पदाधिकारी भन्छन्।

यसरी महंगो रकम खर्च गरेर ल्याएका खेलाडीहरू नेपाली लिगमा दिलोज्यान दिएर खेल्न थालेका छन् भने नेपाली खेलाडीको प्रदर्शन भने फिक्का भइरहेको छ। विभागीय टोलीभन्दा अन्य क्लबका खेलाडी शारीरिक रूपमा कमजोर देखिन्छन्। 

तर, अहिले लिगमा कडा प्रतिस्पर्धा भइरहेको र पुराना भरपर्दा खेलाडीसमेत ‘रिटायर्ड’ भएका कारण विभागीय टोलीलाई अप्ठ्यारो भइरहेको पुलिसका प्रशिक्षक थापा बताउँछन्। ‘टोलीमा अहिले सबै युवा खेलाडी छन्। उनीहरुले त्यति मौका पाएका छैनन्। त्यसैले तीन विदेशी खेलाडी खेलाउन पाउँदा हामी नै लिगमा सबैभन्दा ठूलो दाबेदार हुन्छौं जस्तो लाग्छ,’ उनले भने।

नेपाली खेलाडीले बढी मौका नपाउनुको पछाडि नेपालमा खेलाडी उत्पादन नै कम हुनु हो। क्लबहरूसँग खेलाडी भए पनि प्रशिक्षण गर्ने मैदान छैन। तीन विभागीय टोलीले ११ महिना नै प्रशिक्षण गरिरहेका हुन्छन्। उनीहरू फाट्टफुट्ट हुने मोफसलका प्रतियोगिता खेलिरहेका हुन्छन्। यसरी खेलिने कतिपय प्रतियोगिता नेपालका शीर्ष क्लबलाई सुहाउँदो हुँदैन। त्यसैले उनीहरु प्रतियोगिताको स्तर हेरेर मात्रै खेलाडी मैदान उतार्छन्। 

‘विभागीय टोलीमा जस्तो नियमित प्रशिक्षण गर्ने खेलाडी क्लबमा निकै कम हुन्छन्। हाम्रै क्लब (एनआरटी) हेर्ने हो भने आफ्नै मैदान छैन। एकै मैदानमा तीन क्लबका खेलाडी प्रशिक्षण गर्छौं। त्यसैले हामीकहाँ प्रतिभा जन्मिने क्रम निकै कम छ। तर, विभागीय टोलीमा भने त्यस्तो हुन नपर्ने हो,’ आर्मीका प्रशिक्षण सम्हालिसकेका शाक्य भन्छन्।

एपीएफका प्रशिक्षक थापा भने उनको कुरामा सहमत छैनन्। खेलाडीहरूलाई १२ महिना नै प्रशिक्षण गराउँदा पनि आफ्नो टोलीको प्रदर्शनमा सुधार हुन नसकेको उनी बताउँछन्। ‘मासिक २ लाख तलब खाने खेलाडी र प्रहरी जवानको तलबमा खेल्ने खेलाडीको तुलना हुँदैन,’ उनी भन्छन्, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेल गुमाएका हौं। क्लब लाइसेन्स पाएपछि अरु विभागीय टिमले विदेशी खेलाडी नल्याएपछि हामीले पनि त्यसलाई फलो गर्‍यौं। तर, त्यसलाई अब ओपन हुनपर्छ, विभागीय खेलाडीले मात्रै पनि धान्न गाह्रो छ।’

तीन विभागीय टोलीमध्ये त्रिभुवन आर्मी र एपीएफले एएफसी क्लब लाइसेन्स प्राप्त गरिसकेका छन्। जसले गर्दा विदेशी खेलाडी राख्ने बाटो खुलिसकेको छ। विश्वका नाम चलेका फुटबल लिगलाई हेर्ने हो भने पनि विदेशी खेलाडीले नै बढी योगदान गर्छन्। तर, आर्मीका प्रशिक्षक नवीन न्यौपाने भने नेपाली प्रतियोगिताका लागि आफ्ना खेलाडी नै बलियो रहेको दाबी गर्छन्। 

‘जारी प्रतियोगिताका लागि हाम्रो खेलाडीको स्तर राम्रो छ। तर, केही खेलाडी घाइते भएका कारण आर्मी पछाडि देखिएको हो,’ उनी भन्छन्, ‘एएफसी प्रेसिडेन्ट कप जस्ता टप प्रतियोगिता खेल्दा भने हामीलाई विदेशी खेलाडी भइदिएको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्