काठमाडौं- अमेरिका, हङकङ, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारत जस्ता देशमा सफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेपछि अविताले अब नेपालमा पनि आफ्नो लाइफस्टाइल टेक ब्रान्डसहित व्यापार विस्तार गर्ने भएको छ।
अविताले बजारमा एक अतुलनीय तर निर्बाध कम्प्युटिङको अनुभव दिने बताएको छ। यसमा भविष्यवादी दृष्टिकोणले प्राविधिक विकासहरूसँगै नयाँ पुस्ताका प्रयोगकर्ताहरुको चाहना अनुरुप नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।
अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेषगरी जीवन्त रङमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृङ्खलाहरु ल्याएको छ। यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा-पोर्टेबल र अपूर्व विशेषताले भरिपूर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वास लिइएको छ।
'यो ब्रान्डको ‘एसेन्सियल’, ‘म्यागस २-इन-१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१- ‘लाइवर भी १४’ ल्यापटप शृङ्खलाले नेपालको बजारलाई उत्साहित गर्नेछ। सबै अविताका उत्पादनहरू दुई वर्षको अन-साइट वारेन्टीसहित आउँद छन् भने ‘म्यागस २-इन-१’ मा दुई वर्षको क्यारी-इन वारेन्टी आउँदछ,' कम्पनीले जनाएको छ।
नेक्स्टजीओ कम्पनी लिमिटेडका सीईओ तथा सहसंस्थापक एलेक्स चुङले भने, 'हामी अन्तत: हिमालयको भूमिमा पाइला टेक्न पाउँदा उत्साहित छौं, हाम्रो उद्देश्य दक्षिण एसियाली बजारमा आफ्नो व्यापार विस्तार गर्ने हो र यससँगै हामीले हाम्रा उपभोक्ताहरूको हृदयमा विश्वव्यापी पदचिह्न छोड्ने योजना पनि बनाएका छौं।'
उद्घाटन समारोहमा बोल्दै अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले निन्, 'अविताका नयाँ ल्यापटप शृङ्खलालाई नेपालका प्राविधिक प्रयोगकर्तामाझ ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं। हामी विशिष्ट सिरिजका ल्यापटपहरु ल्याउनेछौं जसले ग्राहकमा बढ्दो माग सिर्जना गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।