काठमाडौं- अमेरिकाको मिशिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक जना शिक्षकसहित ८ जना घाइते भएका छन्।
अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १६ वर्षीय एक किशोर, १४ वर्षीया किशोरी र १७ वर्षीया किशोरी रहेको बीबीसीले उल्लेख गरेको छ।
प्रहरीका अनुसार एक १५ वर्षीय संदिग्धले सेमी अटोमेटिक ह्याण्ड गनले १५ देखि २० गोली चलाएका थिए।
डेट्रयटबाट लगभग ४० माइल पर अक्सफोर्ड शहरमा भएको उक्त हमलाका पछाडी आक्रमणकारीको उदेश्य के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
अकल्याण्डका स्थानीय अधिकारी माइक म्याककेबेले अक्सफोर्ड हाई स्कूल बाहिर एक प्रेस कन्फरेन्समा बताए अनुसार आपतकालीन सेवाका लागि स्थानीय समयानुसार १२ बजेर ५१ मिनेटमा फोन आएको थियो। त्यसपछि प्रहरीलाई सूचित गरिएको थियो र संदिग्ध छात्रले प्रहरी घटनास्थलमा पुगेको पाँच मिनेटभित्र आत्मसमर्पण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।