काठमाडौं– नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप बलियो बनाउन दुई देशबीचको संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि मिलेर काम गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्।
नेपाल–बंगलादेश मैत्री संघको निमन्त्रणामा नेपाल आएका बंगलादेशी पाहुनासँग मंगलबार साँझ भेट गर्दै मन्त्री आलेले पर्यटन र व्यापारसँगै संस्कृतिको सम्मान र संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिएका हुन्।
नेपाल र बंगलादेशबीच यसअघि पनि घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री आलेले आगामी दिनमा सम्बन्ध थप बलियो बनाउनुपर्नेमा जोड दिए।
बंगलादेशबाट आएको टोलीले नेपालको संस्कृति, पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। टोलीमा डाक्टर, कृषि विज्ञ, समाजसेवी र व्यापारीेको सहभागिता रहेको संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।