बुटवल- शाओमीले मङ्गबारबाट बुटवलमा आफ्नो आधिकारिक स्टोर सुरु गरेको छ। बुटवलको बीपी चोक-६ मा अवस्थित यो मी स्टोरमा शाओमीको आधिकारिक स्टोर सुरु गरिएको हो।
यस ब्राण्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'हरेक मी स्टोरसँग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नका लागि प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकहरुका लागि सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौं। हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरैभन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन्।'
यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नका लागि इमानदारीसाथ अधिक महत्त्व थप्ने उत्साहलाई झल्काउने कम्पनीको भनाइ छ। यस मी स्टोरले निर्वाध रूपबाट आपूर्ति शृङ्खला प्रवर्द्धनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्राण्डको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीले जनाएको छ।
'शाओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्राण्डको पारदर्शितालाई सक्षम बनाउँदछ । यसको नतिजाको रूपमा, मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन्। उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्राण्डसँग अन्तरक्रिया गर्दछन् जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन् । यसले मी प्रशंसकहरुलाई ब्राण्डसँग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनका लागि सशक्त बनाउँछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।