काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले 'वान् यूआई ४' को औपचारिक घोषणा गरेको छ। यो ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलोपटक समावेश हुने कम्पनीले जनाएको छ।
नयाँ अनुकूलन विकल्प, गोपनीयताका विशेषताहरु र सामसङको निरन्तर विस्तार भइरहेको इकोसिस्टममा पहुँचसँगै वान् यूआई ४ ले एक उन्नत मोबाइलको अनुभव दिलाउने कम्पनीको दाबी छ।
'हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं,' सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, 'वान् यूआई ४ ग्यालेक्सी स्मार्ट फोन प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्दछ। तर हामी त्यत्तिमै रोकिँदैनौ। चाँडै नै, अन्य स्मार्ट फोन र ट्याबलेट प्रयोगकर्ताहरु पनि हाम्रो समग्र इकोसिस्टममा थप सहजताको अनुभव सँगाल्दै यो सफ्टवेयर अद्यावधिकबाट लाभान्वित हुनुहुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।