सौराहा- नेकपा (एमाले)का नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट उठेनन्।
रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको बताउँदै शपथ पनि नलिने बताएका थिए।
अध्यक्षमा उम्मेदवार बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए। रावलले २२३ मत ल्याएका थिए भने ओलीले १८३७ मत ल्याएर विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।