काठमाडौं- सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
बैंक र वीरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गरेबापत् विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।
सम्भौतापत्रमा सिद्धार्थ बैंकका वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन्। यो सेवाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्नजान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।