काठमाडौं- अमेरिकी ब्राण्ड ब्लाक्क+डेक्करले जाडो मौसमलाई लक्षित गरेर 'यो जाडोमा तपाईंको सच्चा साथी' अभियानअन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ।
जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्लाक्क+डेक्करले जाडोलाई विशेष लक्षित गरी यस अभियानअन्तर्गत ओएफआर हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एयर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, कफी मेकर र कित्लीजस्ता उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।
अन्तर्राष्ट्रिय ब्राण्ड ब्लाक्क+डेक्करका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुने कम्पनीको विश्वास छ। ब्लाक्क+डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुआती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी ईओएल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।