• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बैंकले दैनिक २० किलो सुन ल्याउँदा ‘तस्कर’ले भित्र्याउँछन् २१ किलो

64x64
नारायण अधिकारी मंगलबार, मंसिर १४, २०७८  १७:२०
1140x725

काठमाडौं– गत कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले सिल्भरको लेपन लगाएको २ थान बालासहित एक भारतीय नागरिकलाई पक्राउ गर्‍यो। फ्लाई दुबईको उडान नम्बर एफजेट ५७१ मार्फत काठमाडौं आएका भारतीय नागरिक नवीनकुमार किशिनचन्द कालिनानीबाट सिल्भर लेपन लगाएको बाला एउटा र औंठी दुई वटा बरामद भएका थिए।

काँचो सुनलाई अवैध भन्सार छली गर्ने उद्देश्यका साथ गहनाको आकार दिएर नवीनकुमारले सिल्भर लेपन लगाएर १९६ ग्राम सुन भित्र्याएका थिए। यद्यपि, उनी प्रहरी फन्दामा परे।

भन्सार ऐन २०६४, गत वर्षको जेठ १५ गते जारी भएको यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेशअनुसार काँचो सुन ल्याउन पाइँदैन। काँचो सुनमा भन्सार छुट पनि छैन। अझ एक सय ग्रामभन्दा बढी काँचो सुन ल्याए त जफत नै हुने व्यवस्था छ। सोही कुरा बुझेका तस्करले गहना आकारको सुन २ सय ग्रामसम्म ल्याउँदा भन्सार रकम तिरेपनि जफत नहुने भएपछि नवीनकुमारले यो जुक्ति अपनाएका थिए।

यसरी कानुनी ‘लुपहोल’को दुरुपयोग गर्दै तस्करले दुबई, कतार, ओमान, मलेसियालगायत खाडी मुलुकमा रोजगारीमा गएका व्यक्तिलाई प्रयोग गर्दै काँचो सुनलाई गहना आकार दिएर भन्सार छली गरी तस्करी गर्दै आएका छन्।

गहना आकार दिएर अवैध रुपमा काँचो सुन भित्र्याउने र भन्सार छली गर्ने गरेको पाइएपछि भन्सार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइका साथ जाँच सुरु गरेका छन्। मंसिर १ गते भन्सार विभागले सूचना नै जारी गरेर काँचो सुनलाई गहना भनी राजश्व छली हुने गरेको भन्दै यसरी सुन भित्र्याएमा कारबाही गर्ने जनाएको थियो। 

त्यसको झण्डै दुई हप्तापछि मंसिर १२ गते विमानस्थल भन्सार कार्यालयले सूचना जारी गर्दै विदेशबाट नेपाल आउने यात्रुहरूले ल्याउन मिल्न बाहेकका सामान तथा राजश्व छली गर्ने उद्देश्यले काँचो सुनलाई गहनाको आकार बनाएर ल्याएमा कारबाही गर्ने जनाएको थियो। सोही अनुसार विमानस्थल भन्सार कार्यालयले अहिले जाँचमा कडाइ गर्दै आएको छ। 

एकैदिन २१ किलो काँचो सुन भित्रियो
नेपाल राष्ट्र बैंकले दैनिक रुपमा २० किलो सुन भित्र्याउने अनुमति बैंकलाई दिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मात्र सुन आयातको अनुमती दिएको छ। बैकर्स संघले तोकेको पालो अनुसार वाणिज्य बैंकले दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन्। 

तर, डरलाग्दो कुरो विमानस्थल भन्सारले कडाइ गरेपछि वैध रुपमा बैंकले ल्याउन मिल्ने २० किलो भन्दा बढी सुन दैनिक रुपमा अवैध तरिकाले नेपाल भित्रने गरेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सोमबार हिजो एकैदिन मात्रै २१ किलो काँचो सुन भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बैंकले दैनिक २० किलो सुन ल्याउँछन्। तर, भन्सार छलेर एकैदिन २१ किलोसम्म सुन आउने गरेको खुल्यो’ प्रमुख भन्सार प्रशासक भट्टराईले नेपाल लाइभसँग भने, ‘काँचो सुनलाई गहना आकार दिएर ल्याउँदा दैनिक करोडौंको भन्सार छली हुने गरेको खुल्यो। एक दिनमात्रै झण्डै दुई करोडको राजश्व उठ्ने सुन नियन्त्रणमा लिइएको छ।’

सोमबार मात्रै ४१५ जनाबाट भन्सार कार्यालयले २१ किलो सुन बरामद गरेको हो। तीमध्ये १ सय ९५ जनाले हिजो राति १२ बजेसम्म भन्सार तिरेर सुन लिएर गएको भट्टराईले बताए। १ सय ९५ जनाले ९४ लाख ६२ हजार राजश्व रुपैयाँ भन्सार तिरेर ९ किलो ९७६ ग्राम सुन लिएर समेत गइसकेका छन्। बरामद २१ किलोमध्ये अझै ११ किलोको भन्सार भने उठन बाँकी नै छ। 

तस्करले पठाउँछन् सुन, रोजगारीमा गएका भरिया बनेर फर्कन्छन्
भन्सार विभाग र प्रहरीले गहना आकार दिएर काँचो सुन लिएर फर्केका नेपालीहरूको अवस्थाबारेमा पनि जानकारी राखेको छ। यसरी काँचो सुन लिएर फर्कनेमध्ये अधिकांश भरिया भएको स्रोतको भनाइ छ। 

‘कतिसम्म पाइएको छ भने विदेश गएको एक महिनामै सुन लिएर फर्किनेसम्मका घटना छन्’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उनीहरूलाई निश्चित रकम लिएर सुन तस्करले भरियाको रुपमा प्रयोग गरेको पाइन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुबई, कतार, ओमान, मलेसिया लगायत देशमा बिचल्लीमा परेर नेपाल फर्कने तयारीमा रहेकाहरूलाई टिकट समेत तस्करले नै काटिदिएर सुन बोकाएर पठाउने गरेको पाइएको स्रोतले जनाएको छ। केही रकम पाउने प्रलोभनमा उनीहरूले तस्करको योजनामा सहमति जनाउँदै सुन बोकेर आउने गरेको खुलेको छ। 

अधिकांशजसो भरियाका रुपमा प्रयोग भएको पाइएपछि उनीहरूको ट्राभल हिस्ट्री समेत अध्ययन सुरु भएको छ। पटक–पटक विदेश जाँदै सुन लिएर फर्कनेहरू समेत पाइएको विमानस्थल प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

सुन बरामद भएका यात्रुहरू अधिकांशजसो भरियामात्रै भएको पाइएपछि भन्सार कार्यालयलले दुबई, कतार, ओमान लगायत देशबाट नेपाल उडान भर्ने हिमालय, आरएका जहाजमार्फत नेपाल आउने यात्रुहरूलाई सूचनामुलक जानकारी गराउन समेत अनुरोध गरेको छ।
‘हाम्रो लक्ष्य भनेको राजश्व मात्रै उठाउने भन्ने होइन। सोझासाझा मान्छे सूचनाको जानकारी बिना नफसुन् भन्ने पनि हो’, प्रमुख भन्सार प्रशासक भट्टराईले भने, ‘त्ययसका लागि हवाई टिकट काटेका यात्रुहरूको मोबाइल नम्बरमा काँचो सुन ल्याउन नमिल्ने र भरिया बनेर काँचो सुन बोकेर नल्याउन र ल्याएको खण्डमा कानुन अनुसार कारबाही हुने भन्ने किसिमका जानकारीमुलक मेसेज पठाउन अनुरोध गरेका छौं।’ 

काँचो सुनलाई गहनाको रुपमा नेपाल भित्र्याएर राजश्व छलीदेखि उक्त सुन नेपालदेखि भारतसम्म तस्करी हुने र वैदिशक रोजगारीमा गएका व्यक्तिबाट भित्रने रेमिट्यान्समा समेत ठूलो गिरावट आएपछि भन्सार विभागले अहिले जाँचमा कडाइ गरेको छ। 

प्रमुख भन्सार प्रशासक भट्टराईका अनुसार अहिले ५० जना कर्मचारी थप गरेर तीन सिफ्टमा जाँचको व्यवस्था मिलाइएको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्