• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बैंकले दैनिक २० किलो सुन ल्याउँदा ‘तस्कर’ले भित्र्याउँछन् २१ किलो

64x64
नारायण अधिकारी मंगलबार, मंसिर १४, २०७८  १७:२०
1140x725

काठमाडौं– गत कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनले सिल्भरको लेपन लगाएको २ थान बालासहित एक भारतीय नागरिकलाई पक्राउ गर्‍यो। फ्लाई दुबईको उडान नम्बर एफजेट ५७१ मार्फत काठमाडौं आएका भारतीय नागरिक नवीनकुमार किशिनचन्द कालिनानीबाट सिल्भर लेपन लगाएको बाला एउटा र औंठी दुई वटा बरामद भएका थिए।

काँचो सुनलाई अवैध भन्सार छली गर्ने उद्देश्यका साथ गहनाको आकार दिएर नवीनकुमारले सिल्भर लेपन लगाएर १९६ ग्राम सुन भित्र्याएका थिए। यद्यपि, उनी प्रहरी फन्दामा परे।

भन्सार ऐन २०६४, गत वर्षको जेठ १५ गते जारी भएको यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेशअनुसार काँचो सुन ल्याउन पाइँदैन। काँचो सुनमा भन्सार छुट पनि छैन। अझ एक सय ग्रामभन्दा बढी काँचो सुन ल्याए त जफत नै हुने व्यवस्था छ। सोही कुरा बुझेका तस्करले गहना आकारको सुन २ सय ग्रामसम्म ल्याउँदा भन्सार रकम तिरेपनि जफत नहुने भएपछि नवीनकुमारले यो जुक्ति अपनाएका थिए।

यसरी कानुनी ‘लुपहोल’को दुरुपयोग गर्दै तस्करले दुबई, कतार, ओमान, मलेसियालगायत खाडी मुलुकमा रोजगारीमा गएका व्यक्तिलाई प्रयोग गर्दै काँचो सुनलाई गहना आकार दिएर भन्सार छली गरी तस्करी गर्दै आएका छन्।

गहना आकार दिएर अवैध रुपमा काँचो सुन भित्र्याउने र भन्सार छली गर्ने गरेको पाइएपछि भन्सार विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइका साथ जाँच सुरु गरेका छन्। मंसिर १ गते भन्सार विभागले सूचना नै जारी गरेर काँचो सुनलाई गहना भनी राजश्व छली हुने गरेको भन्दै यसरी सुन भित्र्याएमा कारबाही गर्ने जनाएको थियो। 

त्यसको झण्डै दुई हप्तापछि मंसिर १२ गते विमानस्थल भन्सार कार्यालयले सूचना जारी गर्दै विदेशबाट नेपाल आउने यात्रुहरूले ल्याउन मिल्न बाहेकका सामान तथा राजश्व छली गर्ने उद्देश्यले काँचो सुनलाई गहनाको आकार बनाएर ल्याएमा कारबाही गर्ने जनाएको थियो। सोही अनुसार विमानस्थल भन्सार कार्यालयले अहिले जाँचमा कडाइ गर्दै आएको छ। 

एकैदिन २१ किलो काँचो सुन भित्रियो
नेपाल राष्ट्र बैंकले दैनिक रुपमा २० किलो सुन भित्र्याउने अनुमति बैंकलाई दिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मात्र सुन आयातको अनुमती दिएको छ। बैकर्स संघले तोकेको पालो अनुसार वाणिज्य बैंकले दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन्। 

तर, डरलाग्दो कुरो विमानस्थल भन्सारले कडाइ गरेपछि वैध रुपमा बैंकले ल्याउन मिल्ने २० किलो भन्दा बढी सुन दैनिक रुपमा अवैध तरिकाले नेपाल भित्रने गरेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सोमबार हिजो एकैदिन मात्रै २१ किलो काँचो सुन भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘बैंकले दैनिक २० किलो सुन ल्याउँछन्। तर, भन्सार छलेर एकैदिन २१ किलोसम्म सुन आउने गरेको खुल्यो’ प्रमुख भन्सार प्रशासक भट्टराईले नेपाल लाइभसँग भने, ‘काँचो सुनलाई गहना आकार दिएर ल्याउँदा दैनिक करोडौंको भन्सार छली हुने गरेको खुल्यो। एक दिनमात्रै झण्डै दुई करोडको राजश्व उठ्ने सुन नियन्त्रणमा लिइएको छ।’

सोमबार मात्रै ४१५ जनाबाट भन्सार कार्यालयले २१ किलो सुन बरामद गरेको हो। तीमध्ये १ सय ९५ जनाले हिजो राति १२ बजेसम्म भन्सार तिरेर सुन लिएर गएको भट्टराईले बताए। १ सय ९५ जनाले ९४ लाख ६२ हजार राजश्व रुपैयाँ भन्सार तिरेर ९ किलो ९७६ ग्राम सुन लिएर समेत गइसकेका छन्। बरामद २१ किलोमध्ये अझै ११ किलोको भन्सार भने उठन बाँकी नै छ। 

तस्करले पठाउँछन् सुन, रोजगारीमा गएका भरिया बनेर फर्कन्छन्
भन्सार विभाग र प्रहरीले गहना आकार दिएर काँचो सुन लिएर फर्केका नेपालीहरूको अवस्थाबारेमा पनि जानकारी राखेको छ। यसरी काँचो सुन लिएर फर्कनेमध्ये अधिकांश भरिया भएको स्रोतको भनाइ छ। 

‘कतिसम्म पाइएको छ भने विदेश गएको एक महिनामै सुन लिएर फर्किनेसम्मका घटना छन्’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उनीहरूलाई निश्चित रकम लिएर सुन तस्करले भरियाको रुपमा प्रयोग गरेको पाइन्छ।’

दुबई, कतार, ओमान, मलेसिया लगायत देशमा बिचल्लीमा परेर नेपाल फर्कने तयारीमा रहेकाहरूलाई टिकट समेत तस्करले नै काटिदिएर सुन बोकाएर पठाउने गरेको पाइएको स्रोतले जनाएको छ। केही रकम पाउने प्रलोभनमा उनीहरूले तस्करको योजनामा सहमति जनाउँदै सुन बोकेर आउने गरेको खुलेको छ। 

अधिकांशजसो भरियाका रुपमा प्रयोग भएको पाइएपछि उनीहरूको ट्राभल हिस्ट्री समेत अध्ययन सुरु भएको छ। पटक–पटक विदेश जाँदै सुन लिएर फर्कनेहरू समेत पाइएको विमानस्थल प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

सुन बरामद भएका यात्रुहरू अधिकांशजसो भरियामात्रै भएको पाइएपछि भन्सार कार्यालयलले दुबई, कतार, ओमान लगायत देशबाट नेपाल उडान भर्ने हिमालय, आरएका जहाजमार्फत नेपाल आउने यात्रुहरूलाई सूचनामुलक जानकारी गराउन समेत अनुरोध गरेको छ।
‘हाम्रो लक्ष्य भनेको राजश्व मात्रै उठाउने भन्ने होइन। सोझासाझा मान्छे सूचनाको जानकारी बिना नफसुन् भन्ने पनि हो’, प्रमुख भन्सार प्रशासक भट्टराईले भने, ‘त्ययसका लागि हवाई टिकट काटेका यात्रुहरूको मोबाइल नम्बरमा काँचो सुन ल्याउन नमिल्ने र भरिया बनेर काँचो सुन बोकेर नल्याउन र ल्याएको खण्डमा कानुन अनुसार कारबाही हुने भन्ने किसिमका जानकारीमुलक मेसेज पठाउन अनुरोध गरेका छौं।’ 

काँचो सुनलाई गहनाको रुपमा नेपाल भित्र्याएर राजश्व छलीदेखि उक्त सुन नेपालदेखि भारतसम्म तस्करी हुने र वैदिशक रोजगारीमा गएका व्यक्तिबाट भित्रने रेमिट्यान्समा समेत ठूलो गिरावट आएपछि भन्सार विभागले अहिले जाँचमा कडाइ गरेको छ। 

प्रमुख भन्सार प्रशासक भट्टराईका अनुसार अहिले ५० जना कर्मचारी थप गरेर तीन सिफ्टमा जाँचको व्यवस्था मिलाइएको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्