• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘सरकार पनि काठमाडौं जस्तै चिसो छ’

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर १६, २०७८  ०८:०४
1140x725

काठमाडौं- देशभर जाडो बढ्न थाल्दा संघीय राजधानी काठमाडौं पनि चिसो छ। यही चिसोमा बाँकेबाट न्याय खोज्दै काठमाडौं आइपुगेका रुबी खान र उनका साथीहरु माइतीघर मन्डलछेउमा धर्ना बसिरहेका छन्।

धर्नास्थलमा रुख र पोलको साहारामा एउटा ब्यानर टाँगिएको छ। ब्यानरमा ‘न्यायको लागि गुहार’ लेखिएको छ। त्यसभन्दा तल लेखिएको छ- ‘विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान गरी हत्या तथा घरेलु हिंसापिडित महिला नन्कुन्नी हत्याको न्याय देऊ सरकार।’

रुबी र उनका साथीहरुको काठमाडौं आगमन पहिलो होइन। अघिल्लो पटक उनीहरुले बाँकेदेखि काठमाडौंसम्मको ५२० किलोमिटर पैदल नै यात्रा गरेका थिए। सो दूरी पार गर्न उनीहरुलाई २० दिन लागेको थियो।

असोज १ मा बाँकेबाट हिँडेका उनीहरु असोज २० मा काठमाडौं आइपुगेका थिए। त्यसअघि रुबी बाँके जिल्ला प्रशासन कार्यालयअघि १२ दिन अनसन बसेकी थिइन्। तर, सरकारले माग नसुनेपछि उनीहरू काठमाडौं आएका थिए। रुबी र उनका साथीहरूले नन्कुन्नी धोबी मृत्यु तथा निर्मला कुर्मीको अपहरणपछि हत्या गरिएको दाबी गर्दै घटनाको छानविन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।

त्यतिबेला काठमाडौं आएको तेस्रो दिन असोज २२ मा प्रहरीले रुबी खानलाई पक्राउ गरेको थियो। उनलाई बहुविवाह मुद्दामा पक्राउ गरेर बाँके पुर्‍यायो। तर, उनको साउन १८ मा नै सम्बन्ध विच्छेद भइसकेको थियो। आफैँले सम्बन्ध विच्छेद प्रमाणीकरण गरेको भए पनि बाँके जिल्ला न्यायाधीशले पक्राउ पूर्जी जारी गरेका थिए। तर, त्यसविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले पूर्वाग्रह राखेर पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो।

त्यसलगत्तै उनी पुनः काठमाडौं आएर माइतीघरमा अनसन बसिन्। अनसन बसेको बाह्रौँ दिनमा सरकारले दुवै घटनाको छानबिनका लागि समिति गठन गर्ने वाचा गरेपछि उनले आन्दोलन स्थगित गरिन् र नेपालगन्ज फर्किइन्।

तर, समितिको प्रतिवेदन बाहिर नै आएन। अनुसन्धान भयो कि भएन, के निष्कर्ष आयो भन्ने सार्वजनिक नै गरिएन। त्यसैले रुबी खान र उनका साथीहरु ‘चिसो काठमाडौं’मा फेरि आएका छन्। 

रुबी खान

रुबीले कुर्ता सुरुवाल र ज्याकेट लगाएकी छन्। उनका साथीहरुले भने पोलिष्टरको पातलो फरिया र चोलो लगाएका छन्। भुईंमा विछ्याइएको फर्ममा बसेका छन्। हातमा पर्चा छ। पर्चामा लेखिएको छ- ‘न्यायका बाँके कलम चलाउनुस् सरकार।’ त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको फोटो छ। सरकारले आरोपितहरूलाई पक्राउ गरेर पनि छोडेको र मुख्य आरोपितलाई नपक्रिएको उनको आरोप छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी आफ्नो मागमा अडिग छिन्। त्यो अडानले नै उनीहरूलाई फेरि काठमाडौं आउन बाध्य बनाएको हो। उनको अहिलेको आन्दोलनको संयोग गजबको छ। यतिबेला देशमा महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ। अन्य महिला अधिकारकर्मीहरु अभियानअन्तर्गत विभिन्न कार्यक्रममा सरिक भइरहँदा रुबी साथीहरुसँग चिसो भुईंमा धर्ना बसिरहेकी छन्।

उनीहरूले लगाएको एक सरो लुगाबाहेक अरु एक जोर झोलामा बोकेका छन्। हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना बस्छन्। खाने र बस्ने टुङ्गो छैन्। जसले जता बोलाउँछ उतै गएर बस्छन्। जहाँ जानु परे पनि पैदलै जान्छन्। जसले दिन्छ त्यहीँ खान्छन्। उनीहरू बसिरहेको फर्म ‘नागरिक अभियन्ता’हरूले सहयोग गरेका हुन्। उनीहरुका लागि दिउँसो पानी खाने व्यवस्था अभियन्ता तथा कवि हिमांशु बच्चुले गरेका छन्।

बाँकेस्थित कसौर बागवानको घरमा श्रीमान्, एक छोरा र एक छोरी छन्। यतिबेला अन्न थन्काउने मौसम भएकाले कामको चटारो छ। तराईको रापबाट आएकी उनलाई काठमाडौँको चिसोले सकस पारेको छ। पातलो लुगाले जीउ नै तात्दैन।  

काठमाडौंको भाषा नयाँ छ। रहनसहन नयाँ छ। उनीहरुका कुरा सुनिदिने फाट्टफुट्ट मान्छे आउँछन्। तर, उनीहरुले हिम्मत हारेका छैनन्। उनलाई न्याय पाएर मात्र घर फर्किन मन छ।

खतुना मेहन्ना खैरो पछ्यौरी ओढेर बसेकी छन्। उनी नेपाली भाषा बुझ्छिन्, तर फर्काउन सक्दिनन्। उनको मातृभाषा हिन्दी र अवधी हो। उनको छेउमा साहिता खातुन पनि बसेकी छन्। चिसोका कारण उनीहरुका आँखा रसिला छन्। 

न्याय खोज्न आएका उनीहरुलाई परिवारको पनि साथ छ। साहिताका सासू–ससुराले न्यायको यो आन्दोलनमा नजान कहिल्यै भनेनन्। बरु ‘न्याय पाए मात्र घर फर्किनू’ भनेका छन्। उनी बेलाबेला घरमा फोन गरिराख्छिन्। छोराछोरी सासू–ससुराले हेरिदिन्छन्। त्यसैले न्यायका लागि उनले आफ्नो आवाज मत्थर बनाउनु परेको छैन।

रुबी ‘बाँके महिला अधिकार मञ्च’की पूर्वअध्यक्ष हुन्। उनको समूहमा रहेका सबै महिला निम्न वर्गका छन्। महिला अधिकार मञ्चमा गाउँघरका गरिखाने महिलाहरु सदस्य छन्। ‘न्यायको आन्दोलनमा पैसा चाहिँदैन, मन हुनुपर्छ,’ उनी भन्छिन्, ‘महिलाहरूले गरेको आन्दोलन हो, केही गर्न सक्दैनन् भन्ने सरकारले भ्रम पालेको भए त्यसबाट मुक्त भए हुन्छ।’ सरकार पनि काठमाडौं जस्तै चिसो भएको उनी बताउँछिन्। तर, न्याय पाएरै छाड्नेमा दृढ छिन्। राज्यको छलकपटका कारण आफूहरु पुनः काठमाडौँ आएर चिसो भुईंमा बस्नु परेको उनको भनाइ छ।

सरकारले न्यायका लागि पनि शहर र गाउँ, धनी र गरिब भनेर वर्गीकरण गर्ने गरेको उनको आरोप छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्