काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट 'चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको' बताएका छन्। उनको यो भनाइ उत्तरी अमेरिकामा ओमिक्रोन संक्रमणको घटना सार्वजनिक भएसँगै आएको हो।
उनले भने 'यदी मानिसले खोप लगाएका छन् र मास्क लगाइरहेका छन् भने अहिले लकडाउन गर्न आवश्यक छैन।'
अमेरिकाले आठ अफ्रिकी देशमा यात्रा प्रतिबन्ध लगाएको छ। क्यानडामा ओमिक्रोन संक्रमित फेला परेका छन्।
राष्ट्रपति वाइडेनले संक्रमण रोक्नका लागि खोपका बाबजुद अमेरिकामा गत सालको तुलनामा कोरोनाबाट धेरै मानिसको मृत्यु भएको जनाए।
सोमबार ह्वाइट हाउसमा राष्ट्रपतिले भने 'दक्षिण अफ्रिकामा पाइएको ओमिक्रोन कुनै दिन आउने छ र यसलाई रोक्न सकिँदैन।'
उनले खोप उत्पादक कम्पनीहरुले नयाँ खोपको लागि योजना बनाइरहेको बताए। गत हप्ता अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीसँगको उडानमा प्रतिन्ध लगाएको थियो।
क्यानडा, बेलायत, युरोपेली संघ र अन्य देशले पनि दक्षिणी अफ्रिकाको यात्रा प्रतिबन्ध लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।