• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमालेको अनुहारमा दशौं महाधिवेशनको ‘धब्बा’

64x64
किशोर दहाल मंगलबार, मंसिर १४, २०७८  १०:२९
1140x725

काठमाडौं- आफ्ना भाषणमा लोकतन्त्रमा अनेक उपसर्ग र प्रत्यय जोडिरहन्छन् एमाले नेता केपी शर्मा ओली। राज्यसत्तामा होस् वा पार्टीसत्तामा, उनले त्यसको अभ्यास गर्न भने चाहेको देखिँदैन। चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनमा उनको ‘मुखले लोकतन्त्र र व्यवहारमा अलोकतान्त्रिक छवि’ प्रष्ट भएको छ।

महाधिवेशनको पहिलो दिन नै उनले अलोकतान्त्रिक कामका लागि पदीय शक्तिको प्रयोग गर्न थाले। स्पष्ट छ, पार्टीमा ओलीको बहुमत छ। उनले चाहेकै हुन्छ। तर, ओलीले १० गते राति सौराहामा बसेको केन्द्रीय कमिटीको बैठकबाट विधान संशोधन गराए।

विधान संशोधनका दुई पक्ष छन्। पहिलो, असोज १५ देखि १७ सम्म आयोजित विधान महाधिवशेनले बनाएको विधान दुई सय हाराहारीको केन्द्रीय कमिटीले परिवर्तन गरिदिनु आफैंमा बलमिच्याइँ हो। किनकि, ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी विधान महाधिवेशन, जसको मुख्य काम नै विधान बनाउनु हो, उसले बनाएको विधानलाई दुई महिनामै केन्द्रीय कमिटीले परिवर्तन गरेको थियो। संशोधित विधानलाई महाधिवशेनको बन्दसत्रबाट अनुमोदन गरियो। महाधिवेशनको बन्दसत्र पनि दुई हजार हाराहारीको जमघट हो।

दोस्रो पक्ष, विधानमा ओलीका निम्ति निहित स्वार्थ राखिएको छ। एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने विधानको व्यवस्था हटाइयो। विधान महाधिवेशनबाट पारित विधान नै कार्यान्वयन गरिएको भए ओली अध्यक्षकै उम्मेदवार हुन पाउने थिएनन्। किनकि, उनी २०६५ र २०७१ मै अध्यक्षको उम्मेदवार भइसकेका थिए। तर, एमालेले प्रतिनिधिबाट बनाएको विधान औपचारिक प्रयोगमा नआउँदै ओलीकै निम्ति संशोधन गरिदियो।

अर्कोतिर, विधान महाधिवेशनका क्रममा १५ जनाको भन्दा बढी रहने पदाधिकारीको भद्दा समूह कम्युनिस्ट पार्टीमा काम छैन भनेर जोड दिएका थिए, विष्णु पौडेलले। नत्र त्यतिबेलै पदाधिकारीको संख्या बढाउनुपर्ने माग थियो। तर, दुई महिना नबित्दै उनैले पदाधिकारी बढाउने प्रस्ताव ल्याए। अनुमोदन पनि भयो। आफ्नै समूहका आकांक्षीको व्यवस्थापन गर्न ओलीलाई कठिन भएपछि यो व्यवस्था गरिएको थियो। तर, त्योभन्दा ठूलो रणनीति भने आकांक्षीहरु (दश बुँदेपछि एमालेमै रहेका र पूर्वमाओवादी)लाई सहज व्यवस्थापन गर्न सकिएमा आफू अध्यक्षमा निर्विरोध निर्वाचित हुने ओलीको चाहना थियो।

चितवन महाधिवेशनको मुख्य काम हो, आगामी पाँच वर्षको लागि पार्टी नेतृत्व चयन गर्नु। त्यसका लागि दुई हजार प्रतिनिधि त्यहाँ सहभागी थिए। तर, बन्दसत्रमा आफूनिकट नेता विष्णु पौडेलबाट प्रस्तावित गराएर उनले ती सबैको अधिकार आफैंले लिए। यो अव्यावहारिक मात्रै थिएन, अलोकतान्त्रिक पनि थियो। किनकि, ओली आफैं अध्यक्षका उम्मेदवार थिए। उनैले आफूलाई अध्यक्षको रुपमा प्रस्तुत गर्ने र मेरो टिममा फलानो-फलानो नेता फलानो-फलानो पदमा राख्छु भन्ने हिसाबले उनले सूची तय गरे। जुन महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउने काम थियो।

ओलीले त निष्पक्ष र स्वस्थ निर्वाचन हुने सुनिश्चित गर्नुपर्थ्यो। तर, सार्वजनिक रुप र व्यक्तिगत रुपमा पनि नेताहरुलाई आकांक्षा छाड्न र अन्य अवसर कुर्न प्रलोभन देखाउन थाले। पार्टी अध्यक्ष र एकजना उम्मेदवारको रुपमा उनले आफूलाई विशिष्ट, सर्वज्ञाता र वरदान दिनसक्ने व्यक्तिको रुपमा उभ्याउने प्रयास गरे।

ओलीलाई एकल अधिकार दिने प्रस्तावको विरोध गर्ने भीम रावललाई त उनले ‘परिणामको ख्याल गर्न’ चुनौती दिए। उनले कुनै कारबाहीको चेतावनी दिएको नभए पनि उम्मेदवारको हैसियतले ओली र रावलको वरियता बराबर हो। तर, ओलीले चेतावनी दिन सके। लोकतान्त्रिक अभ्यासमा व्यक्ति विशेषलाई त्यस्तो छुट नहुनुपर्थ्यो। तर भयो। किनकि, पार्टीभित्र लोकतान्त्रिक अभ्यास र लोकतान्त्रिक चेत मृतप्रायः भइसकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्षका एक जना उम्मेदवार ओलीको पक्षमा बन्दसत्र हलमा लागेका नाराबाजी र उनको गुनगान गाइएका गीतहरु बजिरहँदा त्यसले सैद्धान्तिक र व्यावहारिक रुपमा निष्पक्ष निर्वाचन हुँदैन भन्ने प्रष्ट भइसकेको थियो। यसको कारण फेरि पनि त्यही हो, निर्वाचनको मत परिणामअघि सबै उम्मेदवार बराबर हुन्। महाधिवेशनको सम्पूर्ण प्रक्रिया नै उम्मेदवार विशेषको कब्जामा पुगेपछि त्यसले निष्पक्ष निर्वाचनको सुनिश्चित हुनसक्दैन। 

जब ओलीले बाँडेका सूचीहरु सार्वजनिक भयो, एमालेका नेता तथा कार्यकर्ता नै छक्क परे। हिजो एमालेका लागि भनेर मरिमेटेका र एमालेलाई सैद्धान्तिक र सांगठनिक रुपमा फुलाउन र फलाउन योगदान दिएकाहरु उपेक्षामा परे। ‘चैते एमाले’हरुको हालिमुहाली चल्यो। परिणाम के भयो? कुनै बेलाको ‘लाल पार्टी’ एमालेमा ‘मोतिलाल’ भित्रिए, ‘लालबाबु’ बाहिरिए। अनि दुर्गा प्रसाईंहरु सार्वजनिक रुपमै भनिरहेका छन्- अब ओलीपछि एमालेको नेतृत्व हामीले गर्ने हो।

ओलीको सूची सार्वजनिक भएपछि विभिन्न पदमा आकांक्षा राखेकाहरु बोल्न सकेनन्। सूची सार्वजनिक हुनुअघि रोजेको पद नपाए निर्वाचन लड्छु भनिरहेकाहरु पनि एकाएक गले। किनकि, आफ्नो कुरा भन्नसक्ने र चाहना राखेको पदमा लड्नसक्ने वातावरण ओलीले अपहरण गरिसकेका थिए।

भलै केही विद्रोहीहरु निस्किए र चुनाव सुनिश्चित गरे। तर, चुनाव पनि झन् अनौठो भयो। दुईवटा वातावरणको तुलना गरौं। सुरुदेखि नै अध्यक्षको उम्मेदवार हुने अडानमा रहेका भीम रावलनिकट नेताहरुलाई उनको पक्षमा प्रचार गर्न रोक लगाइयो। महाधिवेशन स्थलबाट बाहिर निकालियो। तर, मंगलबार बिहानदेखि ओली पक्षका नेताहरु खुल्लमखुल्ला ‘मत नहाल्ने’ सूची बाँडिरहे। त्यसको विरोध गर्नेहरुलाई धम्क्याइरहे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चुनावको सामान्य प्रचलन हो, आचारसंहिताको घेरामा बसेर आफ्नो लागि मत माग्नु। तर, ओली निकटका नेताहरु व्यक्तिका नामै किटेर उनीहरुलाई भोट नहाल्न भनिरहेका छन्। उल्टो काम भइरहेको छ। यसरी फलानोलाई भोट हाले तिमीलाई कारबाही हुन्छ भन्ने किसिमले त्रास फैलाइएको छ, खुलेआम।

एमाले त जसोतसो चितवनबाट फर्किन्छ नै, तर ‘आन्तरिक लोकतन्त्र’ भने उतै छुट्ने प्रष्ट भइसकेको छ। अर्थात् दशौं महाधिवेशनले एमालेको अनुहारमा जस्तो धब्बा लगाइदिएको छ, त्यसलाई पखाल्न सम्भवतः यो पार्टीले निकै ठूलो मिहिनेत गर्नुपर्नेछ, निकै लामो समय पर्खनुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १०:२९
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्