• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

नेम्वाङलाई पन्छाएर ईश्वर पोखरेलले हत्याए ‘आफ्नै लागि’ सिर्जना गरिएको पद

64x64
किशोर दहाल मंगलबार, मंसिर १४, २०७८  ०५:५३
1140x725

काठमाडौं- असोज १५ देखि १७ सम्म आयोजित एमालेको प्रथम विधान महाधिवेशनले सिर्जना गरेको पद थियो, वरिष्ठ उपाध्यक्ष। नेताहरुको भनाइ थियो- त्यो ईश्वर पोखरेललाई सिर्जना गरिएको पद हो। नेताहरुको ठोकुवा र स्वयं पोखरेलको अपेक्षालाई केन्द्रित गरेर नेपाल लाइभमा प्रकाशित भएको थियो- वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

सोमबार पोखरेल सोही पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्तुत गरेको सूचीमा अपेक्षाकृत रुपमै पोखरेलको नाम वरिष्ठ उपाध्यक्षको छेउमै उभिएको थियो। ओलीलाई शनिबार रातिको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नामावली पेश गर्ने अधिकार दिएको थियो। वरिष्ठ उपाध्यक्षमा अरु कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

पोखरेलले सो पद सहजै पाएका भने होइनन्। कुन पदमा को नेताले बाजी मार्लान् भन्ने केही महिनायताको खेलोफड्कोमा मौनप्रायः देखिएका सुवास नेम्वाङले महाधिवेशनको सरगर्मी उच्च बिन्दुमा पुगेसँगै वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी खुलाएका थिए। सुरुवातमा आफूलाई ‘साथीभाइले वरिष्ठ उपाध्यक्षमा लड्नू भनेका छन्‘ भन्दै कूटनीतिक भाषामा आफ्नो आकांक्षा स्पष्ट पारेका थिए।

शनिबार र आइतबार भने नेम्वाङले आफ्नो अडान यति तीव्र पारेका थिए कि निकटस्थमार्फत ओलीलाई सन्देश नै पठाए- ‘वरिष्ठ उपाध्यक्ष नपाए चुनाव लड्न तयार छु।‘ नेम्वाङले एमालेमा आफ्नो नेता केपी ओली मात्रै भएकाले उनी र आफ्नो बीचमा अर्को व्यक्तिलाई स्वीकार नगर्ने स्पष्ट पारे। चुनाव लड्नुपर्ने हुनसक्ने परिस्थितिलाई अन्दाज गर्दै सोही पदमा उम्मेदवारीको तयारी गरेका घनश्याम भुसाललाई उपाध्यक्षको उम्मेदवार हुन मनाए।

एमालेमा मूलभूत रुपमा त्यही हुन्छ, जुन ओलीले चाहेका छन्। वरिष्ठ नेतामा उनको रोजाइ नेम्वाङ होइन, पोखरेल देखिए। ओलीले पोखरेलका लागि प्रयास गरे। ओलीले पोखरेललाई नेम्वाङका लागि सो पद छाडिदिन आग्रह गरेनन्, नेम्वाङलाई भने आग्रह मात्रै गरेनन्, आश्वासन पनि दिए। आगामी चुनावपछि पार्टीले राष्ट्रपति पाउने भएमा नेम्वाङलाई उम्मेदवार बनाउने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अघि बढ्नु पोखरेलको बाध्यता
दुई पटक महासचिवको जिम्मेवारीमा रहेका पोरखेललाई फेरि महासचिव नै बन्न एमालेको विधानले दिँदैनथ्यो, उनी आफैं पनि ‘दिक्क’ भइसकेका थिए। त्यसैले त्यसभन्दा माथिल्लो पदमा पुग्नु उनको बाध्यता थियो। त्यसका लागि उचित पद थियो, वरिष्ठ उपाध्यक्ष।

पोखरेलले नवौं महाधिवेशनभन्दा केही अघिदेखि पार्टीभित्र ओलीलाई साथ दिँदै आएका थिए। आठौं महाधिवेशनमा झलनाथ खनालको प्यानलबाट महासचिव बनेका उनी नवौं महाधिवेशनमा ओलीको प्यानलबाट सोही पदमा दोहोरिए। त्यसयता उनले दृढतापूर्वक ओलीलाई साथ दिँदै आएका छन्। ओली निकटका कतिपय नेताहरुले खुलेर नभनिरहेको परिस्थितिमा अगाडि बढेर पोखरेलले नै दशौं महाधिवशेनबाट पनि ओली नै अध्यक्ष हुने दोहोर्‍याएको दोहोर्‍याई गरेका थिए। त्यसका लागि उनको तर्क थियो, ‘यतिबेला केपी ओली यो ध्रुवको एउटा नेता हो। कमाण्डर हो। त्यसैले उहाँ कमजोर हुने कुरा गर्नुहुँदैन। यो कुनै उहाँप्रतिको अतिरिक्त भक्तिभाव होइन। अहिलेको राजनीतिको कटु यथार्थलाई बुझ्नुपर्ने कुरा हो।’

ओलीका लागि आफूपछिका वरिष्ठ नेता पोखरेल नै हुन्। त्यसको पुष्टि उनले देश बाहिर जाँदा पोखरेललाई जिम्मेवारी दिने गरेको सन्दर्भले पनि गर्छन्। आबद्धता र संगठनात्मक सक्रियताको हिसाबले पनि पोखरेल ओली हाराहारीकै नेतामा पर्छन्। पार्टीमा योगदानको हिसाबले आफू बराबरको नेता र आफूलाई निरन्तर साथ दिने गरेको नेताको कारणले पनि ओलीलाई पोखरेल सहज भएका हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसअघि ओलीले पोखरेललाई केही पटक ‘अपमान’ गरेका थिए। नेकपा गठन गर्दा पोखरेललाई महासचिव नबनाइएको, मन्त्रिपरिषद्मा ‘खाँदैनन् होला’ भनेर दिएको रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको र पछि त रक्षा मन्त्रालयको जिम्मेवारी पनि खोसिएको जस्ता सन्दर्भलाई केलाउँदा ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष नबनाएर फेरि पनि अपमान गर्न सक्ने शंका व्यक्त भएका थिए। त्यहीमाथि ओलीकै निकट नेता सुवास नेम्वाङले पनि त्यही पदमा दाबी गरेपछि ओली उतै ढल्किने हुन् कि भन्ने आकलन भएका थिए। तर, महत्त्वपूर्ण समयमा ओलीले पोखरेलकै लागि जोड लगाए।

एमालेको विधानमा ‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने छन्, महाधिवेशनले अन्यथा निर्धारण गरेकोमाबाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ’ भन्ने उल्लेख छ। तर, यसरी वरिष्ठ नेता बन्ने कोही नेता अब एमालेमा छैनन्। त्यसैले अध्यक्षपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष रहने निश्चित छ, यद्यपि यसबारे विधानमा केही भनिएको छैन। बरु विधानमै उपाध्यक्षको अधिकार र कर्तव्यभन्दा वरिष्ठ उपाध्यक्षको हकमा एउटा बुँदा बढी राखिएको छ- ‘अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने काम गर्ने।’

यसरी उनी महाधिवेशनबाट निर्वाचित भएरै ओली पछिको वरीयतामा पुगेका छन्, ओलीपछिको नेता हुन हुन पुगेका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्