• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
नेम्वाङलाई पन्छाएर ईश्वर पोखरेलले हत्याए ‘आफ्नै लागि’ सिर्जना गरिएको पद
64x64
किशोर दहाल मंगलबार, मंसिर १४, २०७८  ०५:५३
1140x725

काठमाडौं- असोज १५ देखि १७ सम्म आयोजित एमालेको प्रथम विधान महाधिवेशनले सिर्जना गरेको पद थियो, वरिष्ठ उपाध्यक्ष। नेताहरुको भनाइ थियो- त्यो ईश्वर पोखरेललाई सिर्जना गरिएको पद हो। नेताहरुको ठोकुवा र स्वयं पोखरेलको अपेक्षालाई केन्द्रित गरेर नेपाल लाइभमा प्रकाशित भएको थियो- वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

सोमबार पोखरेल सोही पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्तुत गरेको सूचीमा अपेक्षाकृत रुपमै पोखरेलको नाम वरिष्ठ उपाध्यक्षको छेउमै उभिएको थियो। ओलीलाई शनिबार रातिको बन्दसत्रले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नामावली पेश गर्ने अधिकार दिएको थियो। वरिष्ठ उपाध्यक्षमा अरु कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

पोखरेलले सो पद सहजै पाएका भने होइनन्। कुन पदमा को नेताले बाजी मार्लान् भन्ने केही महिनायताको खेलोफड्कोमा मौनप्रायः देखिएका सुवास नेम्वाङले महाधिवेशनको सरगर्मी उच्च बिन्दुमा पुगेसँगै वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी खुलाएका थिए। सुरुवातमा आफूलाई ‘साथीभाइले वरिष्ठ उपाध्यक्षमा लड्नू भनेका छन्‘ भन्दै कूटनीतिक भाषामा आफ्नो आकांक्षा स्पष्ट पारेका थिए।

शनिबार र आइतबार भने नेम्वाङले आफ्नो अडान यति तीव्र पारेका थिए कि निकटस्थमार्फत ओलीलाई सन्देश नै पठाए- ‘वरिष्ठ उपाध्यक्ष नपाए चुनाव लड्न तयार छु।‘ नेम्वाङले एमालेमा आफ्नो नेता केपी ओली मात्रै भएकाले उनी र आफ्नो बीचमा अर्को व्यक्तिलाई स्वीकार नगर्ने स्पष्ट पारे। चुनाव लड्नुपर्ने हुनसक्ने परिस्थितिलाई अन्दाज गर्दै सोही पदमा उम्मेदवारीको तयारी गरेका घनश्याम भुसाललाई उपाध्यक्षको उम्मेदवार हुन मनाए।

एमालेमा मूलभूत रुपमा त्यही हुन्छ, जुन ओलीले चाहेका छन्। वरिष्ठ नेतामा उनको रोजाइ नेम्वाङ होइन, पोखरेल देखिए। ओलीले पोखरेलका लागि प्रयास गरे। ओलीले पोखरेललाई नेम्वाङका लागि सो पद छाडिदिन आग्रह गरेनन्, नेम्वाङलाई भने आग्रह मात्रै गरेनन्, आश्वासन पनि दिए। आगामी चुनावपछि पार्टीले राष्ट्रपति पाउने भएमा नेम्वाङलाई उम्मेदवार बनाउने बताए।

Ncell 2
Ncell 2

अघि बढ्नु पोखरेलको बाध्यता
दुई पटक महासचिवको जिम्मेवारीमा रहेका पोरखेललाई फेरि महासचिव नै बन्न एमालेको विधानले दिँदैनथ्यो, उनी आफैं पनि ‘दिक्क’ भइसकेका थिए। त्यसैले त्यसभन्दा माथिल्लो पदमा पुग्नु उनको बाध्यता थियो। त्यसका लागि उचित पद थियो, वरिष्ठ उपाध्यक्ष।

पोखरेलले नवौं महाधिवेशनभन्दा केही अघिदेखि पार्टीभित्र ओलीलाई साथ दिँदै आएका थिए। आठौं महाधिवेशनमा झलनाथ खनालको प्यानलबाट महासचिव बनेका उनी नवौं महाधिवेशनमा ओलीको प्यानलबाट सोही पदमा दोहोरिए। त्यसयता उनले दृढतापूर्वक ओलीलाई साथ दिँदै आएका छन्। ओली निकटका कतिपय नेताहरुले खुलेर नभनिरहेको परिस्थितिमा अगाडि बढेर पोखरेलले नै दशौं महाधिवशेनबाट पनि ओली नै अध्यक्ष हुने दोहोर्‍याएको दोहोर्‍याई गरेका थिए। त्यसका लागि उनको तर्क थियो, ‘यतिबेला केपी ओली यो ध्रुवको एउटा नेता हो। कमाण्डर हो। त्यसैले उहाँ कमजोर हुने कुरा गर्नुहुँदैन। यो कुनै उहाँप्रतिको अतिरिक्त भक्तिभाव होइन। अहिलेको राजनीतिको कटु यथार्थलाई बुझ्नुपर्ने कुरा हो।’

ओलीका लागि आफूपछिका वरिष्ठ नेता पोखरेल नै हुन्। त्यसको पुष्टि उनले देश बाहिर जाँदा पोखरेललाई जिम्मेवारी दिने गरेको सन्दर्भले पनि गर्छन्। आबद्धता र संगठनात्मक सक्रियताको हिसाबले पनि पोखरेल ओली हाराहारीकै नेतामा पर्छन्। पार्टीमा योगदानको हिसाबले आफू बराबरको नेता र आफूलाई निरन्तर साथ दिने गरेको नेताको कारणले पनि ओलीलाई पोखरेल सहज भएका हुन्।

यसअघि ओलीले पोखरेललाई केही पटक ‘अपमान’ गरेका थिए। नेकपा गठन गर्दा पोखरेललाई महासचिव नबनाइएको, मन्त्रिपरिषद्मा ‘खाँदैनन् होला’ भनेर दिएको रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको र पछि त रक्षा मन्त्रालयको जिम्मेवारी पनि खोसिएको जस्ता सन्दर्भलाई केलाउँदा ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष नबनाएर फेरि पनि अपमान गर्न सक्ने शंका व्यक्त भएका थिए। त्यहीमाथि ओलीकै निकट नेता सुवास नेम्वाङले पनि त्यही पदमा दाबी गरेपछि ओली उतै ढल्किने हुन् कि भन्ने आकलन भएका थिए। तर, महत्त्वपूर्ण समयमा ओलीले पोखरेलकै लागि जोड लगाए।

एमालेको विधानमा ‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने छन्, महाधिवेशनले अन्यथा निर्धारण गरेकोमाबाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ’ भन्ने उल्लेख छ। तर, यसरी वरिष्ठ नेता बन्ने कोही नेता अब एमालेमा छैनन्। त्यसैले अध्यक्षपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष रहने निश्चित छ, यद्यपि यसबारे विधानमा केही भनिएको छैन। बरु विधानमै उपाध्यक्षको अधिकार र कर्तव्यभन्दा वरिष्ठ उपाध्यक्षको हकमा एउटा बुँदा बढी राखिएको छ- ‘अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने काम गर्ने।’

यसरी उनी महाधिवेशनबाट निर्वाचित भएरै ओली पछिको वरीयतामा पुगेका छन्, ओलीपछिको नेता हुन हुन पुगेका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्