काठमाडौं– क्यारेबियन राष्ट्र बार्बाडोस गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ। बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेको हो।
बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चार्ल्स बार्बाडोस पुगेका छन्। योसँगै बेलायती कमनवेल्थ राष्ट्रभित्रको बार्बाडोस अब विश्वमै सबैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ।
बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको छ। अधिकारीहरुका अनुसार हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गर्ने तयारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।