• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

१९ वर्षीया करिना बनिन् कांग्रेसको महाधिवेशन प्रतिनिधि

64x64
नेपाल लाइभ सोमबार, मंसिर १३, २०७८  १८:०२
1140x725

काठमाडौ– सिन्धुपाल्चोककी १९ वर्षीया किशोरी करिना पुरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएकी छिन्। उनी कांग्रेसका ‘हस्ती’ नेताहरूलाई पछि पार्दै महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी हुन्।

महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएकी हुन्। कांग्रेसको निर्वाचनमा पहिलो पटक उठेर उनी महाधिवेशन प्रतिनिधि हुन सफल भएकी हुन्। 

‘अग्रजहरुले सम्मान र माया गरेर मलाई जिताउनु भएको छ,’ उनले भनिन्, ‘मैले पनि कांग्रेसका लागि योगदान दिनुपर्ने जिम्मेवारी थपिएको अनुभव गरेको छु।’ अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने हुनुपर्ने उनको भनाइ छ। 

कांग्रेसको नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्ने भएकाले अब युवा र सक्षमहरुको पार्टी बनाउनुपर्ने उनले बताइन्। ‘अब नेपाली कांग्रेसको नयाँ नेतृत्व छनोट हाम्रो मुख्य जिम्मेवारी हो। हामी जस्ता युवा र हाम्रा अभिभावक पुस्ताको अनुभव मिश्रित गरेर अघि बढ्नुपर्छ।’ 

खुलातर्फ महिला क्लस्टरमा उम्मेदवार बनेकी उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन्। उनले पाएको मत सबैभन्दा धेरै हो।   

नेविसंघबाट भर्खरै राजनीति सुरुवात गरेकी करिना कराँते खेलाडीसमेत हुन्। कानुन विषयमा स्नातक अध्ययनरत उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय छिन्। आफ्नो गाउँ गएर निर्वाचनमा उम्मेदवार बनेको भने पहिलो पटक हो। 

उनले जिल्लामा लामो समय राजनीति गरेका हस्तीहरुलाई समेत उछिनेर  महाधिवेशन प्रतिनिधि हुन सफल भइन्। महिला खुल्लातर्फ चार जना प्रतिनिधिका लागि सात जना प्रतिस्पर्धी थिए। उमेर र राजनीतिक अनुभवका हिसाबले अन्य उम्मेदवार उनीभन्दा अनुभवी थिए। तर, उनले सबैभन्दा धेरै मत पाइन्।

अन्य क्लष्टरमा उम्मेदवार भएका कांग्रेसका हस्तीहरु पराजित हुँदा अहिले उनको चर्चा चुलिएको छ। महाधिवेशन प्रतिनिधिमा पूर्व क्षेत्रिय अध्यक्ष बद्रीप्रसाद चौलागाईं, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, कांग्रेस जिल्ला सह–सचिव अनुप न्यौपानेसमेत पराजित भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसलगायत सबै पार्टीमा प्रायः एकै जनाले नेतृत्व ओगटिरहने परिपाटी उनलाई मन परेको छैन। ‘मैले सानोमा रेडियो सुन्दा पनि तिनै नेता थिए, अहिले पनि उनै अध्यक्ष र अन्य पदमा भएको सुन्छु,’ उनले भनिन्, ‘अहिले म आफैं राजनीतिमा संलग्न हुँदा पनि तिनै नेता शीर्ष तहमा छन्।’ यही कुराले आफूलाई राजनीतिमा आउन प्रेरणा दिएको उनको भनाई छ। 

‘युवा पुस्ता खै अगाडि बढेको? खै मौका दिएको?’ भन्ने चर्चा भइरहँदा आफूलाई अगाडि बढ्न हौसला मिलेको उनले बताइन्। राजनीतिमा अघि बढ्न घर परिवारले पनि सहयोग गरेको उनको भनाइ छ। 
अब नेतृत्व परिवर्तन गर्ने जिम्मेवारी पनि युवा पुस्तामै आएको उनलाई लागेको छ। ‘म युवा पुस्तालाई नै नेतृत्वमा देख्न चाहन्छु र देशभरका युवा प्रतिनिधिलाई पनि यही आह्वान गर्दछु,’ उनले भनिन्।  

महाधिवेशन प्रतिनिधि बन्न पुराना नेताले नै चाहना राख्ने हुँदा उनलाई मुस्किल थियो। तर, उनले हिम्मत गरिन्। आफ्नो विचार स्पष्ट राखिन्। शुरुमा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध भएपछि उनलाई आत्मविश्वास आयो। 

‘मलाई मेरो अभिभावक र साथीहरुले महाधिवेशन प्रतिनिधिको तयारीमा लाग्न हौसाए,’ उनले भनिन्, ‘तयारी गर्दै गएँ, तर कतिपय अग्रजहरुले यसपालि निर्वाचनमा उम्मेदवार नबन्न पनि दबाब दिएका थिए। मैले त्यो दबाब पन्छाएँ।’  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कराँतको ब्ल्याकबेल्ट करिनाले इन्डोनेसियामा भएको एसियन गुजोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। मलेसियामा भएको प्रतियोगितामा रजत र कांस्य पदक जितेकी छन्। यस्तै  बंगलादेशमा भएको प्रतियोगितामा उनले कांस्य पदक जितेर आफ्नो पहिचान खेल क्षेत्रमा पनि स्थापित गरिसकेकी छन्। 

२०५८ माघमा सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी करिनाले कक्षा १० सम्मको अध्ययन स्थानीय जनता माविबाट गरेकी हुन्। २ कक्षा इन्द्रेश्वरी माविबाट पूरा गरिन्।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १८:०२
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्