काठमाडौं- आईएमईले सञ्चालन गरेको 'डबलको डबलको डबल' अफरअन्तर्गत बम्पर भाग्यशाली विजेतालाई चेक हस्तान्तरण गरेको छ।
उक्त अफरमा विजेता बनेकी सलिना चौलागाईं दाहालले १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेकी हुन्।
उक्त रकम बराबरको चेक आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता दाहाललाई हस्तान्तरण गरेका छन्।
आईएमईले दसैं-तिहारको अवसर पारेर असोज १ देखि कात्तिक २६ गतेसम्म उक्त योजना सञ्चालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।