काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारी घोषणा गरेका डा. शेखर कोइरालालाई भेटेका छन्।
पौडेलले नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा गएर उनलाई भेटेका हुन्। दुई नेताको भेटमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापा पनि सँगै थिए।
पौडेलले एकपटक आफूलाई सघाउन कोइरालासँग आग्रह गरेका थिए। तर, कोइरालाले सम्मानजनक स्थानमा रहेर अभिभावकीय भूमिका निर्वाह गर्न उनलाई आग्रह गरेका थिए। पौडेलले कांग्रेसमा आफूलाई सहानुभूति धेरैको रहेको सुनाएका थिए। जवाफमा कोइरालाले सहानुभूति मात्रै भएर नहुने, ग्राउन्डमा शक्ति हेर्नुपर्ने तर्क अघि सारेका थिए।
कोइरालासँगको वार्तापछि पौडेल प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए। बालुवाटारमा नेता कृष्णप्रसाद सिटौलासहितको बैठकले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।