काठमाडौं– खेल मार्फत सहकारी संस्थाको हार्दिकता र सहकार्य मजबुत बनाउने उद्देश्यले उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ हुने भएको छ।
प्रतियोगिता काठमाडौंको माकलबारीस्थित मनकामना फुटसल ग्राउन्डमा पुस २ र ३ गते हुनेछ । ‘खेलमार्फत हार्दिकता र सहकार्यलाई थप मजबुत बनाऔं’ मूलनाराका साथ यो कार्यक्रम गर्न लागिएको सहकारकिा अध्यष रमेशप्रसाद तिमल्सिनाले बताए।
सहकारी अभियानमा सम्बद्ध संस्थामा आपसी समझदारी, मित्रता एवम् निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गर्न यस्ता प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले बताए।
प्रतियोगितामा प्रथम विजेता हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन चाहने सहकारी संस्थाले मंसिर २५ गते (विहीबार) कार्यालय समयभित्र नाम दर्ता गरी सक्नुपर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।