काठमाडौं– चितवनमा जारी एमाले महाधिवेशनअन्तर्गतको चुनावी प्रक्रियामा सहभागी नेता घनश्याम भुसालले उपाध्यक्षमा भोट माग्दै अपिल सार्वजनिक गरेका छन्। भुसाल निकट नेता गौतम राईको फेसबुकमार्फत उनले अपिल सार्वजनिक गरेका हुन्।
अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरिएको पदाधिकारीको सूची सच्यानुपर्ने राईको फेसबुकमा उल्लेख छ।
‘जसले निर्माण गरेको कार्यदिशा नै आज नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशा बनेको छ, उसैमाथि नेतृत्वबाट गरिने कत्लेआमलाई महाधिवेशन प्रतिनिधि कमरेडहरूले सच्याउनु हुनेछ,’ राईले लेखेका छन्, ‘किनकि, जबजब पार्टीमा नेतृत्वको अहंकारले विवेक गुमाउँछ, तब त्यसलाई असल कार्यकर्ताहरूले नै जोगाएको इतिहास छ।’
यस्तो छ भुसालको अपिल


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।