काठमाडौं– ताइवानको रक्षा मन्त्रालयले चिनियाँ वायुसेनाका २७ वटा विमान आफ्नो आकाशमा प्रवेश गरेको दाबी गरेको छ।
आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रेडियोमा चेतावनी जारी गरिएको र निगरानी गर्न वायु रक्षा मिसाइल प्रणाली तैनाथ गरिएको जनाएको छ।
ताइवानको रक्षा मन्त्रालयले प्रवेश गरेको चिनियाँ विमानमा पाँच लामो दूरीको एच-६ बमवर्षक र १८ वटा लडाकु विमान रहेको बताएको छ।
चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ। जबकि ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न देश भन्ने गरेको छ। चिनियाँ विमानहरू पछिल्ला केही महिनामा धेरै पटक ताइवानको आकाशमा प्रवेश गरेका छन्।
यसैबीच, भारतको राजधानी नयाँ दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ताले भारतीय मिडियामा ताइवानको कभरेजप्रति आपत्ति जनाएका छन्।
एकताबद्ध चीनको सिद्धान्तमा अडिग रहन सञ्चारमाध्यमलाई आग्रह गर्दै उनले सञ्चारमाध्यमले जनतामाझ गलत सन्देश फैलाउनबाट जोगिनु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।