सौराहा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका नेताहरु लागेर नेकपा विभाजन गरिएको आरोप लगाएका छन्।
चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले नाम नलिइ पार्टी विभाजन माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)का कारण भएको आरोप लगाएका हुन्।
उनले नेकपा गठन भएको सुरुकै दिनदेखि षडयन्त्र भएको दाबीसमेत गरे। ‘हाम्रै भित्र भड्काउने क्रियाकलाप भए । हाम्रो पार्टी तीनै श्रृखलाबद्ध हमलाको सिकार हुँदै गयो,’ उनले भने, ‘पार्टी विभाजन गराइयो । अरुले गरेर हुँदैन थियो, तर एकिकृत भइसकेका पार्टीका नेताहरु आफै संलग्न भए अनि विभाजन भयो ।’
जनमत हुँदैहुँदै आफूहरुलाई सर्वोच्च अदालतको परमादेशबाट हटाएको उनको दाबी थियो।
‘जनादेशको अभावमा हटेका होइनौं, असफलताक कारण हटेका हैनौं,’ उनले भने ,‘षडयन्त्र र असंवैधानिक कारणले हटेका हौं। ’
नेकपा विभाजन गर्न संलग्न हुनै नहुने शक्ति संलग्न भएको र असंवैधानिक तरिका, जनताको इच्छाआकाक्षा विपरित सरकारafट हटाइएक ओलीले दाबी गरे।
‘अहिले हामी हटेपछि देश अस्थिर भएको छ ,’ उनले भने, ‘देश आर्थिक अनियमितता तर्फ धकेलिएको छ। ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।