चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दसत्र अघि पदाधिकारीमा सहमति जुटाउन आफू निकट नेताहरुसँग परामर्शमा जुटेका छन्।
शनिबारबाट सुरु हुने पार्टीको महाधिवेशन अन्तर्गतको बन्दसत्र अघि सहमति जुटाउन भन्दै ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका हुन्।
महासचिव ईश्वर पोखरेल, नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेलसँग ओलीले परामर्श गरिरहेका हुन्। पदाधिकारीमा आकांक्षी बढी भएपछि व्यवस्थापनमा ओलीलाई सकस परेको छ।
अध्यक्षको उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलसँग अध्यक्ष ओलीले छुट्टै छलफल गर्ने तयारी गरेका छन्।
नेकपा एमालेले १० औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई सकेसम्म सर्वसम्मत बनाउने कसरत गरेको छ। केन्द्रीय कमिटीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वृद्धि, पोलिटब्युरो ब्युँताउने निर्णय शुक्रबारको केन्द्रीय कमिटी बैठकमा गरिएको छ।
बैठकले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय पोलिटब्युरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।