• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेकेण्डरी मार्केट भनेको के हो? सेयर बजारमा कारोबार कसरी गर्ने?

64x64
सुमित्रा कार्की बिहीबार, मंसिर १६, २०७८  ०९:११
1140x725

काठमाडौं- पछिल्लो समय आममानिसलाई सेयर बजारमा कसरी लगानी गर्ने भन्ने चासोको विषय बनेको छ। कोरोना महामारीको सुरुआतपश्चात् सेयर बजारको बारेमा चासो राख्नेहरुको संख्या बढ्दो छ। लगानीकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।

सहर तथा गाउँ सबै ठाउँका मानिसहरु अहिले सेयर बजारमा कसरी लगानी गर्ने? सेयर बजार भनेको के हो? यसमा कारोबार गर्न के के कुरामा ध्यान दिनुपर्छ? जस्ता कुराको जानकारी लिन खोजिरहेका हुन्छन्। यस्तो अवस्थामा कतिपय लगानीकर्ताले आफूभन्दा अग्रज लगानीकर्ता तथा मिडियामा आएका समचारहरु हेरेर सेयर बजारमा लगानी गर्ने गरेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

उनी भन्छन्, ‘लगानीकर्ताले सेयर बजारमा दुई माध्यमबाट लगानी गर्न सक्छन्। सेयर बजारमा लगानी गर्ने पहिलो माध्यम प्राथमिक सेयर (आईपीओ) बाट हो। यस्तै, सेयर बजारमा प्रवेश गर्ने अर्को माध्यम भनेको दोस्रो बजार (सेकेण्डरी मार्केट) हो। दोस्रो बजारमा सीधै नेप्सेमा सूचीकृत कम्पनीको सेयर खरिद गरेर प्रवेश गर्न सकिन्छ।’ 

के हो सेकेण्डरी मार्केट?  
कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १० देखि २० दिनभित्रमा लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्ने गर्दछ। सेयर बाँडफाँड गरेको चार-पाँच दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचीकृत गरिन्छ। प्राथमिक सेयरलाई नेप्सेमा सूचीकृत गरेपछि सेयर खरिद-बिक्री गर्ने स्थानलाई सेकेण्डरी मार्केट (दोस्रो बजार) भनिन्छ।

सेयर बजारसम्बन्धी जानकार रौनियारका अनुसार यस प्रकार प्राथमिक बजारमा निष्कासन गरिएको सेयर पुनः बिक्री वा खरिद गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ। दोस्रो बजारमा सेयर खरिद-बिक्री धितोपत्र दलाल र लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध नहुने रौनियार बताउँछन्। रौनियारको भाषामा दोस्रो बजार भनेको कुनै पनि कम्पनीको सेयर लगानीकर्ताले सीधै धितोपत्र दलालको माध्यमबाट खरिद बिक्री गर्नु पनि हो। कुनै पनि लगानकर्ताले आफूसँग भएको पैसाले धितोपत्र दलालको माध्यमबाट नेपाल स्टक एक्सचेञ्‍जमा सूचीकृत कम्पनीको सेयर खरिद-बिक्री गर्छ भने त्यसलाई दोस्रो बजारमा कारोबार भएको भनेर बुझिन्छ।

ब्रोकर कम्पनी
धितोपत्र दलाल कम्पनी (ब्रोकर) भनेका धितोपत्र बोर्डबाट धितोपत्र अर्थात् सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हो। हाल नेपालमा ५१ वटा ब्रोकर कम्पनी र तिनका ४७ भन्दा धेरै शाखाहरु नेपालका मुख्य सहरहरुमा रहेका छन्।

सेकेण्डरी मार्केटमा कारोबार गर्न के-के आवश्यक पर्छ?
दोस्रो बजारमा कारोबार गर्न प्राथमिक सेयर भर्नका लागि चाहिएजस्तै बैंक खाता, डिम्याट खाता, मेरो सेयर तथा सीआरएन नम्बर आवश्यक पर्दछ। यसबारे विस्तृत विवरणसहितको सामग्री नेपाल लाइभमा यसअघि नै प्रकाशित भएको छ। 

साथै, दोस्रो बजारमा कारोबार गर्न ब्रोकरकहाँ गएर केवाईसी खाता खोल्नुपर्छ, जसका लागि ग्राहक परिचय विवरणहरु भर्नुपर्छ। सेयर खरिदबिक्री गर्न ग्राहक परिचय विवरण खाता, जुन स्थानको ब्रोकर कम्पनीबाट सेयर खरिद-बिक्री गर्न सजिलो हुन्छ। त्यही स्थानको ब्रोकर कम्पनीमा गएर ग्राहक परिचय विवरण भर्न सकिन्छ। ग्राहक परिचय विवरण जतिवटा ब्रोकर कम्पनीमा पनि भर्न सकिन्छ। यसका लागि पनि एउटा फोटो र नागरिकताको प्रतिलिपि चाहिन्छ। ग्राहक परिचय विवरण एक ब्रोकरकहाँ एकपटक भरे पुग्ने रौनियार बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै अब लगानीकर्ताले कुन कम्पनीको कति कित्ता सेयर बिक्री गर्ने? अब लगानीकर्ताले कुन कम्पनीको कति कित्ता सेयर खरिद गर्ने हो? त्यही ब्रोकर कम्पनीलाई खरिद आदेश दिन सकिन्छ। दोस्रो बजारमा सेयर खरिद गर्दा कम्पनीको मूल्य कति छ? त्यहीअनुसारको अर्डर दिनुपर्ने हुन्छ। दोस्रो बजारमा सेयर खरिद-बिक्री आदेश दिने समय आइतबारदेखि बिहीबारसम्म मात्र हो। शुक्रबार र शनिबार सेयर बजार बन्द रहन्छ। सेयर कारोबार हुने समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हो।

सेयर खरिद-बिक्री गर्दा खरिद तथा बिक्री आदेश फाराम (केवाईसी) भरेर पेस गर्नु पर्दछ। पहिलोपटक सेयर किन्दा ब्रोकर कम्पनीलाई आफूले खरिद गर्ने सेयर रकमको केही प्रतिशत रकम अग्रिम भुक्तानी (कोल्याट्रल व्यवस्थापन) गर्नुपर्छ। लगानीकर्ताले दुई-चार पटक कारोबार गरेरे ब्रोकर कम्पनीसँग राम्रो परिचय र विश्वास बनाएपछि सेयर कारोबारमा अझ सहजता हुन्छ। ब्रोकरको साझेदारीमा अग्रिम कोल्याट्रल रकम जम्मा गरेर आफैंले सेयर खरिद गरेपछि पैसा भुक्तानी गर्दा पनि हुन्छ।

विगत तीन वर्षभन्दा अगाडि सेयर खरिद गर्न र बिक्री गर्न दिनभर ब्रोकर कम्पनीमा गएर बस्नुपर्ने अवस्था थियो। तर, अहिले विद्युतीय माध्यमबाट सबै काम घर वा अफिसबाट आफैंले गर्न सकिन्छ। लगानीकर्ताले अहिले स्वयम् नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन प्रणाली ट्रेड म्यानेजमेण्ट सिस्टम (टीएमएस)को माध्यमबाट सेयर खरिद-बिक्रीको आदेश दिन सक्छन्। यसका लागि पनि ब्रोकरमार्फत् टीएमएसमा खाता खोल्नुपर्ने हुन्छ। 

सेयर खरिद गरेको पैसा भुक्तानी गर्न अहिले 'टी प्लस वन' नियम लागू गरिएको छ। यसमा लगानीकर्ताले आज सेयर खरिद गरेको छ भने भोलिपल्टसम्ममा सेयर खरिद गरेको पैसा जम्मा गरिसक्नुपर्ने हुन्छ। पहिले सेयर खरिद गरेको पैसा ब्रोकर कम्पनीलाई चेक दिएर वा बैंकमा गएर ब्रोकर कम्पनीको खातामा डिपोजिट गर्न सकिन्थो भने अहिले  लगानीकर्ता आफैंले कनेक्ट आईपीएसको माध्यमबाट सेयर खरिद गरेको पैसा तिर्न सकिने व्यवस्था रहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनलाइन प्रणालीबाट कसरी सेयर खरिद-बिक्री गर्ने?
अनलाइनबाट सेयर कारोबार गर्न लगानीकर्तालाई सर्वप्रथम बैंक खाता, डिम्याट खाता, मेरो सेयर र टीएमएस खाताको आवश्यकता पर्दछ। यसका लागि लगानीकर्ताले सम्बन्धित ब्रोकरको कार्यालयबाट संकेत चिन्ह र गोप्य नम्बर पासवर्ड लिनुपर्छ।

लगानीकर्ताले यसरी पठाएको विद्युतीय मागलाई सेयर ब्रोकरले नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा प्रविष्ट गरेपछि खरिद आदेश र बिक्री आदेश मिलेमा किनबेच हुनसक्नेछ।

अनलाइन प्रणालीको विकास भएसँगै लगानीकर्तालाई सेयर कारोबारमा सहज भएको इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष रौनियार बताउँछन्। कुनै पनि कम्पनीको सेयर दोस्रो बजारबाट खरिद गर्दा हल्लाको भरमा खरिद नगरी  कम्पनीको वित्तीय विवरणको गहिरो अध्ययन गरेर राम्रो कम्पनीको मात्र सेयर खरिद गर्न उनको सुझाव छ। अहिले कम्पनीको वित्तीय विवरण सम्बन्धित कम्पनी र नेप्सेको वेबसाइडमासमेत हेर्न सकिन्छ।

यो पनि पढ्नुहोस्

आईपीओ के हो ? कसरी भर्ने ? आइतबार, मंसिर ५, २०७८

 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्