• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेकेण्डरी मार्केट भनेको के हो? सेयर बजारमा कारोबार कसरी गर्ने?

64x64
सुमित्रा कार्की बिहीबार, मंसिर १६, २०७८  ०९:११
1140x725

काठमाडौं- पछिल्लो समय आममानिसलाई सेयर बजारमा कसरी लगानी गर्ने भन्ने चासोको विषय बनेको छ। कोरोना महामारीको सुरुआतपश्चात् सेयर बजारको बारेमा चासो राख्नेहरुको संख्या बढ्दो छ। लगानीकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।

सहर तथा गाउँ सबै ठाउँका मानिसहरु अहिले सेयर बजारमा कसरी लगानी गर्ने? सेयर बजार भनेको के हो? यसमा कारोबार गर्न के के कुरामा ध्यान दिनुपर्छ? जस्ता कुराको जानकारी लिन खोजिरहेका हुन्छन्। यस्तो अवस्थामा कतिपय लगानीकर्ताले आफूभन्दा अग्रज लगानीकर्ता तथा मिडियामा आएका समचारहरु हेरेर सेयर बजारमा लगानी गर्ने गरेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

उनी भन्छन्, ‘लगानीकर्ताले सेयर बजारमा दुई माध्यमबाट लगानी गर्न सक्छन्। सेयर बजारमा लगानी गर्ने पहिलो माध्यम प्राथमिक सेयर (आईपीओ) बाट हो। यस्तै, सेयर बजारमा प्रवेश गर्ने अर्को माध्यम भनेको दोस्रो बजार (सेकेण्डरी मार्केट) हो। दोस्रो बजारमा सीधै नेप्सेमा सूचीकृत कम्पनीको सेयर खरिद गरेर प्रवेश गर्न सकिन्छ।’ 

के हो सेकेण्डरी मार्केट?  
कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १० देखि २० दिनभित्रमा लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्ने गर्दछ। सेयर बाँडफाँड गरेको चार-पाँच दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचीकृत गरिन्छ। प्राथमिक सेयरलाई नेप्सेमा सूचीकृत गरेपछि सेयर खरिद-बिक्री गर्ने स्थानलाई सेकेण्डरी मार्केट (दोस्रो बजार) भनिन्छ।

सेयर बजारसम्बन्धी जानकार रौनियारका अनुसार यस प्रकार प्राथमिक बजारमा निष्कासन गरिएको सेयर पुनः बिक्री वा खरिद गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ। दोस्रो बजारमा सेयर खरिद-बिक्री धितोपत्र दलाल र लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध नहुने रौनियार बताउँछन्। रौनियारको भाषामा दोस्रो बजार भनेको कुनै पनि कम्पनीको सेयर लगानीकर्ताले सीधै धितोपत्र दलालको माध्यमबाट खरिद बिक्री गर्नु पनि हो। कुनै पनि लगानकर्ताले आफूसँग भएको पैसाले धितोपत्र दलालको माध्यमबाट नेपाल स्टक एक्सचेञ्‍जमा सूचीकृत कम्पनीको सेयर खरिद-बिक्री गर्छ भने त्यसलाई दोस्रो बजारमा कारोबार भएको भनेर बुझिन्छ।

ब्रोकर कम्पनी
धितोपत्र दलाल कम्पनी (ब्रोकर) भनेका धितोपत्र बोर्डबाट धितोपत्र अर्थात् सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हो। हाल नेपालमा ५१ वटा ब्रोकर कम्पनी र तिनका ४७ भन्दा धेरै शाखाहरु नेपालका मुख्य सहरहरुमा रहेका छन्।

सेकेण्डरी मार्केटमा कारोबार गर्न के-के आवश्यक पर्छ?
दोस्रो बजारमा कारोबार गर्न प्राथमिक सेयर भर्नका लागि चाहिएजस्तै बैंक खाता, डिम्याट खाता, मेरो सेयर तथा सीआरएन नम्बर आवश्यक पर्दछ। यसबारे विस्तृत विवरणसहितको सामग्री नेपाल लाइभमा यसअघि नै प्रकाशित भएको छ। 

साथै, दोस्रो बजारमा कारोबार गर्न ब्रोकरकहाँ गएर केवाईसी खाता खोल्नुपर्छ, जसका लागि ग्राहक परिचय विवरणहरु भर्नुपर्छ। सेयर खरिदबिक्री गर्न ग्राहक परिचय विवरण खाता, जुन स्थानको ब्रोकर कम्पनीबाट सेयर खरिद-बिक्री गर्न सजिलो हुन्छ। त्यही स्थानको ब्रोकर कम्पनीमा गएर ग्राहक परिचय विवरण भर्न सकिन्छ। ग्राहक परिचय विवरण जतिवटा ब्रोकर कम्पनीमा पनि भर्न सकिन्छ। यसका लागि पनि एउटा फोटो र नागरिकताको प्रतिलिपि चाहिन्छ। ग्राहक परिचय विवरण एक ब्रोकरकहाँ एकपटक भरे पुग्ने रौनियार बताउँछन्।

Ncell 2
Ncell 2

यस्तै अब लगानीकर्ताले कुन कम्पनीको कति कित्ता सेयर बिक्री गर्ने? अब लगानीकर्ताले कुन कम्पनीको कति कित्ता सेयर खरिद गर्ने हो? त्यही ब्रोकर कम्पनीलाई खरिद आदेश दिन सकिन्छ। दोस्रो बजारमा सेयर खरिद गर्दा कम्पनीको मूल्य कति छ? त्यहीअनुसारको अर्डर दिनुपर्ने हुन्छ। दोस्रो बजारमा सेयर खरिद-बिक्री आदेश दिने समय आइतबारदेखि बिहीबारसम्म मात्र हो। शुक्रबार र शनिबार सेयर बजार बन्द रहन्छ। सेयर कारोबार हुने समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हो।

सेयर खरिद-बिक्री गर्दा खरिद तथा बिक्री आदेश फाराम (केवाईसी) भरेर पेस गर्नु पर्दछ। पहिलोपटक सेयर किन्दा ब्रोकर कम्पनीलाई आफूले खरिद गर्ने सेयर रकमको केही प्रतिशत रकम अग्रिम भुक्तानी (कोल्याट्रल व्यवस्थापन) गर्नुपर्छ। लगानीकर्ताले दुई-चार पटक कारोबार गरेरे ब्रोकर कम्पनीसँग राम्रो परिचय र विश्वास बनाएपछि सेयर कारोबारमा अझ सहजता हुन्छ। ब्रोकरको साझेदारीमा अग्रिम कोल्याट्रल रकम जम्मा गरेर आफैंले सेयर खरिद गरेपछि पैसा भुक्तानी गर्दा पनि हुन्छ।

विगत तीन वर्षभन्दा अगाडि सेयर खरिद गर्न र बिक्री गर्न दिनभर ब्रोकर कम्पनीमा गएर बस्नुपर्ने अवस्था थियो। तर, अहिले विद्युतीय माध्यमबाट सबै काम घर वा अफिसबाट आफैंले गर्न सकिन्छ। लगानीकर्ताले अहिले स्वयम् नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन प्रणाली ट्रेड म्यानेजमेण्ट सिस्टम (टीएमएस)को माध्यमबाट सेयर खरिद-बिक्रीको आदेश दिन सक्छन्। यसका लागि पनि ब्रोकरमार्फत् टीएमएसमा खाता खोल्नुपर्ने हुन्छ। 

सेयर खरिद गरेको पैसा भुक्तानी गर्न अहिले 'टी प्लस वन' नियम लागू गरिएको छ। यसमा लगानीकर्ताले आज सेयर खरिद गरेको छ भने भोलिपल्टसम्ममा सेयर खरिद गरेको पैसा जम्मा गरिसक्नुपर्ने हुन्छ। पहिले सेयर खरिद गरेको पैसा ब्रोकर कम्पनीलाई चेक दिएर वा बैंकमा गएर ब्रोकर कम्पनीको खातामा डिपोजिट गर्न सकिन्थो भने अहिले  लगानीकर्ता आफैंले कनेक्ट आईपीएसको माध्यमबाट सेयर खरिद गरेको पैसा तिर्न सकिने व्यवस्था रहेको छ। 

अनलाइन प्रणालीबाट कसरी सेयर खरिद-बिक्री गर्ने?
अनलाइनबाट सेयर कारोबार गर्न लगानीकर्तालाई सर्वप्रथम बैंक खाता, डिम्याट खाता, मेरो सेयर र टीएमएस खाताको आवश्यकता पर्दछ। यसका लागि लगानीकर्ताले सम्बन्धित ब्रोकरको कार्यालयबाट संकेत चिन्ह र गोप्य नम्बर पासवर्ड लिनुपर्छ।

लगानीकर्ताले यसरी पठाएको विद्युतीय मागलाई सेयर ब्रोकरले नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा प्रविष्ट गरेपछि खरिद आदेश र बिक्री आदेश मिलेमा किनबेच हुनसक्नेछ।

अनलाइन प्रणालीको विकास भएसँगै लगानीकर्तालाई सेयर कारोबारमा सहज भएको इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष रौनियार बताउँछन्। कुनै पनि कम्पनीको सेयर दोस्रो बजारबाट खरिद गर्दा हल्लाको भरमा खरिद नगरी  कम्पनीको वित्तीय विवरणको गहिरो अध्ययन गरेर राम्रो कम्पनीको मात्र सेयर खरिद गर्न उनको सुझाव छ। अहिले कम्पनीको वित्तीय विवरण सम्बन्धित कम्पनी र नेप्सेको वेबसाइडमासमेत हेर्न सकिन्छ।

यो पनि पढ्नुहोस्

आईपीओ के हो ? कसरी भर्ने ? आइतबार, मंसिर ५, २०७८

 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
लगातार तेस्रो दिन सेयर बजारमा गिरावट, ६ कम्पनी बढे १० प्रतिशत यसअघि सोमबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले गिरावट भएको थियो भने आइतबार २६ अंकले गिरावट आएको थियो। आजको गिरावटसँगै नेप्से परिसूच... मंगलबार, मंसिर १६, २०८२
झिनो अंकले घट्यो सेयर बजार र कारोबार कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो। यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.... सोमबार, मंसिर १५, २०८२
साताको पहिलो दिनमै सेयर बजारमा गिरावट बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशत घटे। त्यस्तै... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने आइतबार, मंसिर २१, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्