• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

आईपीओ के हो ? कसरी भर्ने ? 

64x64
सुमित्रा कार्की आइतबार, मंसिर ५, २०७८  ०७:५५
1140x725

काठमाडौं- पछिल्लो समय सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रुपमा बढेको छ। लगानीकर्ता संस्थाका रुपमा नयाँ–नयाँ कम्पनीको प्रवेश पनि बढ्दो छ। तर, आकर्षण बढ्दै गए पनि धेरैतिर आईपीओ कसरी भर्ने? सेयर बजारमा कसरी प्रवेश गर्ने? भन्नेबारे अन्योल देखिन्छ।

आईपीओ, जसलाई इनिसियल पब्लिक अफरिङ अर्थात् प्राथमिक सेयर पनि भनिन्छ। पछिल्लो समय आईपीओ भर्नका लागि लगानीकर्तालाई उत्साहित बनाउन मर्चेन्ट बैंकहरुले पनि विभिन्न खालका प्याकेजहरु ल्याइरहेका छन्। हाल सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता कतिपय आफैं जानेर आवेदन दिन आउँछन् भने कतिपय लगानीकर्ता आफन्त वा साथीभाइको सल्लाहका आधारमा पनि आईपीओ भर्छन्। 

सेयर बजारमा लगानीकर्ता दुई तरिकाबाट प्रवेश गर्न सक्छन्। पहिलो, प्राथमिक बजार, जहाँ आईपीओका लागि आवेदन दिएर गोलाप्रथाबाट सेयर हात पार्नुपर्ने हुन्छ। दोस्रो बजारमा भने सीधै प्रवेश गरेर बजार मूल्यअनुसार आफूले चाहेको सेयर खरिद गर्न सकिन्छ। प्राथमिक सेयर बजारमा प्रवेश गरेका लगानीकर्तालाई जोखिम कम हुन्छ भने दोस्रो बजारमा प्रवेश गरेका लगानीकर्ताको जोखिम प्राथमिक सेयर लगानीकर्ताको भन्दा धेरै हुन्छ।

आईपीओमा जोखिम कम र फाइदा बढी हुने हुँदा सर्वसाधारणको आकर्षण छ। तर, अहिले आईपीओ हात पार्न भने चमत्कारसरह बन्न थालेको छ। आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या उच्च भएका कारण यस्तो अवस्था आएको हो।


के हो आईपीओ? 
कुनै पनि सार्वजनिक (पब्लिक) कम्पनीले पुँजी संकलनका लागि प्रथमपटक निष्कासन गरेको सेयर आईपीओ हो। यसको अंकित मूल्य साधारणतया: १०० रुपैयाँ हुन्छ। एक कित्ता आईपीओ १०० रुपैयाँमा खरिद गर्न सकिन्छ। कतिपय कम्पनीको मूल्य भने त्योभन्दा बढी पनि तय गरिएको हुन्छ। आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ। त्यस्तै, कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक पनि तोक्नुपर्ने हुन्छ। 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओको जोखिम के कस्तो छ भनेर केयर रेटिङ नेपाल र इक्रा नेपालले मूल्यांकन गरेका हुन्छन्। यी दुई कम्पनीले लगानी गर्न योग्य कम्पनीहरुको रेटिङ गरेका हुन्छन्। यसरी प्रक्रियामा गएको कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाउँछ। बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्न पत्रपत्रिकामा सूचना प्रकाशन गर्छ। सूचनामा आवेदन कहिलेदेखि कहिलेसम्म खुलाउने? कति कित्तादेखि कति कित्तासम्म आवेदन दिन पाइने? भन्नेबारे स्पष्ट खुलाइएको हुन्छ। 

आईपीओमा आवेदन दिन के–के चाहिन्छ? 
१. बैंक खाता
आईपीओ भर्न सबभन्दा पहिले लगानीकर्तासँग कुनै पनि बैंकको खाता हुनुपर्छ। बैंक खाता नभई यसपछिका प्रक्रियाहरु अघि बढाउन सकिन्न। यदि बैंक खाता छैन भने पहिले बैंकमा गएर खाता खोल्नुपर्छ।  

२. डिम्याट खाता 
लगानीकर्ताले बैंक खाता खोलिसकेपछि डिम्याट खाता खोल्नुपर्ने हुन्छ। लगानीकर्ताले बैंक खाता खोलेको बैंक, धितोपत्र दलाल कम्पनी (ब्रोकर) वा मर्चेन्ट बैंकहरुमा गएर पनि डिम्याट खाता खोल्न सक्छन्। डिम्याट खाता भनेको सेयर राख्ने खाता हो। बैंकमा पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाता आवश्यक पर्छ। 

Ncell 2
Ncell 2

यसरी बैंक खाता तथा डिम्याट खाता खोलेका लगानीकर्ताले कुनै पनि कम्पनीको आईपीओ खुलेको बेला बैंक वा मर्चेन्ट बैंकमा गएर एउटा फाराम भरेर आईपीओमा आवेदन दिन सक्छन्। कोरोना महामारीपश्चात् धेरैजसो सेयर कारोबारको काम विद्युतीय माध्यमबाट हुने गरेको छ। यसले गर्दा अहिले बैंकमा गएर आईपीओ भर्नेको संख्या पनि न्यून हुँदै गएको छ।

३. अनलाइनबाट आवेदन दिन ‘मेरो सेयर’
सेयर बजारमा अनलाइनबाटै लगानी गर्न लगानीकर्ताले डिम्याट खाता खोलिसकेपछि ‘मेरो सेयर’ सुविधा लिनुपर्छ। मेरो सेयरको सुविधामार्फत् लगानीकर्ताले घरमै बसेर आईपीओ भर्न सक्छन्। अहिले बैंकमा गएर डिम्याट खोल्दा नै मेरो सेयरको पनि फाराम भर्न पाइन्छ। मेरो सेयरको फाराम भरेपछि इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ। मेरो सेयरको आईडी र पासवर्ड लिएपछि लगानीकर्ताले आफ्नो मोबाइल तथा कम्प्युटरबाट आईपीओका लागि आवेदन दिन सक्छन्।   

४. सीआरएन नम्बर 
मेरो सेयरबाट आईपीओमा आवेदन दिन सीआस्वा (सीआरएन) दर्ता गर्नुपर्छ। यसका लागि बैंकमा गएर सीआरएनको फाराम भर्नुपर्छ। फाराम बुझाएपछि बैंकले सीआरएन नम्बर दिन्छ। आईपीओमा आवेदन दिनेबेला सीआरएन नम्बर राख्नुपर्ने हुन्छ। सीआरएन नम्बर जुन बैंकको छ, त्यो बैंकको खातामा भएको पैसाबाट आईपीओका लागि आवेदन दिने हो। यदि, खातामा पैसा नभएको बैंकको सीआरएन नम्बर राखेको खण्डमा आईपीओको आवेदन नै रद्द हुन्छ। 

‘मेरोसेयर डट सीडीएससीडटकमडटएनपी’ खोलेर वा मोबाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्नुपर्छ। तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नुपर्ने हुन्छ। तपाईं आफूले चाहेको पासवर्ड राख्न सक्नुहुन्छ। यो प्रक्रिया सकिएपछि पुनः चार अंकको पिन कोड बनाउनु आवश्यक छ। यो प्रक्रियापछि मेरो सेयरबाट आईपीओमा आवेदन दिन सकिन्छ। त्यसपछि ‘माइ आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि करेन्ट इस्यु, अप्लाई फर इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेशन रिपोर्ट लेखिएको हुन्छ।

‘अप्लाइ फर इस्यु’मा क्लिक गरेपछि कुन कम्पनीको आईपीओ खुलेको छ, त्यहाँ देख्न सकिन्छ। यसपछि त्यहाँ भएको कम्पनीमा बैंक छानेपछि बैंक शाखा र खाता नम्बर आफैं आउँछ। अब तपाईंको इच्छाअनुसार ‘अप्लाई कित्ता’मा गएर कति कित्ता भर्ने हो, त्यहाँ नम्बर राख्नुपर्छ। भर्न चाहेको कित्ता राखेपछि आफैं रकम देखाउँछ। रकमभन्दा तल बैंकबाट लिएको सीआरएन नम्बर राख्नुपर्छ।

त्यहाँ शर्त राखिएको हुन्छ। टिक लगाएर प्रोसेसिङ गरेपछि चार अंकको पिन नम्बर माग्छ। त्यो पिन नम्बर हालेर ‘ओके’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत त्यहीँ आउँछ। तपाईंले आवेदन दिएकोबारे ‘एप्लिकेसन रिपोर्ट’ भन्ने अप्सनमा गएर हेर्न सकिन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
कारोबारसँगै बढ्यो सेयर बजार काठमाडौँ - बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्