• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

आईपीओ के हो ? कसरी भर्ने ? 

64x64
सुमित्रा कार्की आइतबार, मंसिर ५, २०७८  ०७:५५
1140x725

काठमाडौं- पछिल्लो समय सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रुपमा बढेको छ। लगानीकर्ता संस्थाका रुपमा नयाँ–नयाँ कम्पनीको प्रवेश पनि बढ्दो छ। तर, आकर्षण बढ्दै गए पनि धेरैतिर आईपीओ कसरी भर्ने? सेयर बजारमा कसरी प्रवेश गर्ने? भन्नेबारे अन्योल देखिन्छ।

आईपीओ, जसलाई इनिसियल पब्लिक अफरिङ अर्थात् प्राथमिक सेयर पनि भनिन्छ। पछिल्लो समय आईपीओ भर्नका लागि लगानीकर्तालाई उत्साहित बनाउन मर्चेन्ट बैंकहरुले पनि विभिन्न खालका प्याकेजहरु ल्याइरहेका छन्। हाल सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता कतिपय आफैं जानेर आवेदन दिन आउँछन् भने कतिपय लगानीकर्ता आफन्त वा साथीभाइको सल्लाहका आधारमा पनि आईपीओ भर्छन्। 

सेयर बजारमा लगानीकर्ता दुई तरिकाबाट प्रवेश गर्न सक्छन्। पहिलो, प्राथमिक बजार, जहाँ आईपीओका लागि आवेदन दिएर गोलाप्रथाबाट सेयर हात पार्नुपर्ने हुन्छ। दोस्रो बजारमा भने सीधै प्रवेश गरेर बजार मूल्यअनुसार आफूले चाहेको सेयर खरिद गर्न सकिन्छ। प्राथमिक सेयर बजारमा प्रवेश गरेका लगानीकर्तालाई जोखिम कम हुन्छ भने दोस्रो बजारमा प्रवेश गरेका लगानीकर्ताको जोखिम प्राथमिक सेयर लगानीकर्ताको भन्दा धेरै हुन्छ।

आईपीओमा जोखिम कम र फाइदा बढी हुने हुँदा सर्वसाधारणको आकर्षण छ। तर, अहिले आईपीओ हात पार्न भने चमत्कारसरह बन्न थालेको छ। आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या उच्च भएका कारण यस्तो अवस्था आएको हो।


के हो आईपीओ? 
कुनै पनि सार्वजनिक (पब्लिक) कम्पनीले पुँजी संकलनका लागि प्रथमपटक निष्कासन गरेको सेयर आईपीओ हो। यसको अंकित मूल्य साधारणतया: १०० रुपैयाँ हुन्छ। एक कित्ता आईपीओ १०० रुपैयाँमा खरिद गर्न सकिन्छ। कतिपय कम्पनीको मूल्य भने त्योभन्दा बढी पनि तय गरिएको हुन्छ। आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ। त्यस्तै, कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक पनि तोक्नुपर्ने हुन्छ। 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओको जोखिम के कस्तो छ भनेर केयर रेटिङ नेपाल र इक्रा नेपालले मूल्यांकन गरेका हुन्छन्। यी दुई कम्पनीले लगानी गर्न योग्य कम्पनीहरुको रेटिङ गरेका हुन्छन्। यसरी प्रक्रियामा गएको कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाउँछ। बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्न पत्रपत्रिकामा सूचना प्रकाशन गर्छ। सूचनामा आवेदन कहिलेदेखि कहिलेसम्म खुलाउने? कति कित्तादेखि कति कित्तासम्म आवेदन दिन पाइने? भन्नेबारे स्पष्ट खुलाइएको हुन्छ। 

आईपीओमा आवेदन दिन के–के चाहिन्छ? 
१. बैंक खाता
आईपीओ भर्न सबभन्दा पहिले लगानीकर्तासँग कुनै पनि बैंकको खाता हुनुपर्छ। बैंक खाता नभई यसपछिका प्रक्रियाहरु अघि बढाउन सकिन्न। यदि बैंक खाता छैन भने पहिले बैंकमा गएर खाता खोल्नुपर्छ।  

२. डिम्याट खाता 
लगानीकर्ताले बैंक खाता खोलिसकेपछि डिम्याट खाता खोल्नुपर्ने हुन्छ। लगानीकर्ताले बैंक खाता खोलेको बैंक, धितोपत्र दलाल कम्पनी (ब्रोकर) वा मर्चेन्ट बैंकहरुमा गएर पनि डिम्याट खाता खोल्न सक्छन्। डिम्याट खाता भनेको सेयर राख्ने खाता हो। बैंकमा पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाता आवश्यक पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी बैंक खाता तथा डिम्याट खाता खोलेका लगानीकर्ताले कुनै पनि कम्पनीको आईपीओ खुलेको बेला बैंक वा मर्चेन्ट बैंकमा गएर एउटा फाराम भरेर आईपीओमा आवेदन दिन सक्छन्। कोरोना महामारीपश्चात् धेरैजसो सेयर कारोबारको काम विद्युतीय माध्यमबाट हुने गरेको छ। यसले गर्दा अहिले बैंकमा गएर आईपीओ भर्नेको संख्या पनि न्यून हुँदै गएको छ।

३. अनलाइनबाट आवेदन दिन ‘मेरो सेयर’
सेयर बजारमा अनलाइनबाटै लगानी गर्न लगानीकर्ताले डिम्याट खाता खोलिसकेपछि ‘मेरो सेयर’ सुविधा लिनुपर्छ। मेरो सेयरको सुविधामार्फत् लगानीकर्ताले घरमै बसेर आईपीओ भर्न सक्छन्। अहिले बैंकमा गएर डिम्याट खोल्दा नै मेरो सेयरको पनि फाराम भर्न पाइन्छ। मेरो सेयरको फाराम भरेपछि इमेलमा युजर आईडी र पासवर्ड प्राप्त हुन्छ। मेरो सेयरको आईडी र पासवर्ड लिएपछि लगानीकर्ताले आफ्नो मोबाइल तथा कम्प्युटरबाट आईपीओका लागि आवेदन दिन सक्छन्।   

४. सीआरएन नम्बर 
मेरो सेयरबाट आईपीओमा आवेदन दिन सीआस्वा (सीआरएन) दर्ता गर्नुपर्छ। यसका लागि बैंकमा गएर सीआरएनको फाराम भर्नुपर्छ। फाराम बुझाएपछि बैंकले सीआरएन नम्बर दिन्छ। आईपीओमा आवेदन दिनेबेला सीआरएन नम्बर राख्नुपर्ने हुन्छ। सीआरएन नम्बर जुन बैंकको छ, त्यो बैंकको खातामा भएको पैसाबाट आईपीओका लागि आवेदन दिने हो। यदि, खातामा पैसा नभएको बैंकको सीआरएन नम्बर राखेको खण्डमा आईपीओको आवेदन नै रद्द हुन्छ। 

‘मेरोसेयर डट सीडीएससीडटकमडटएनपी’ खोलेर वा मोबाइलमा मेरो सेयर एप डाउनलोड गरेर युजर आईडी राख्नुपर्छ। तपाईंलाई इमेलमा उपलब्ध भएको पासवर्ड अब परिवर्तन गर्नुपर्ने हुन्छ। तपाईं आफूले चाहेको पासवर्ड राख्न सक्नुहुन्छ। यो प्रक्रिया सकिएपछि पुनः चार अंकको पिन कोड बनाउनु आवश्यक छ। यो प्रक्रियापछि मेरो सेयरबाट आईपीओमा आवेदन दिन सकिन्छ। त्यसपछि ‘माइ आस्वा’ ब्लकमा क्लिक गरिसकेपछि करेन्ट इस्यु, अप्लाई फर इस्यु, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेशन रिपोर्ट लेखिएको हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अप्लाइ फर इस्यु’मा क्लिक गरेपछि कुन कम्पनीको आईपीओ खुलेको छ, त्यहाँ देख्न सकिन्छ। यसपछि त्यहाँ भएको कम्पनीमा बैंक छानेपछि बैंक शाखा र खाता नम्बर आफैं आउँछ। अब तपाईंको इच्छाअनुसार ‘अप्लाई कित्ता’मा गएर कति कित्ता भर्ने हो, त्यहाँ नम्बर राख्नुपर्छ। भर्न चाहेको कित्ता राखेपछि आफैं रकम देखाउँछ। रकमभन्दा तल बैंकबाट लिएको सीआरएन नम्बर राख्नुपर्छ।

त्यहाँ शर्त राखिएको हुन्छ। टिक लगाएर प्रोसेसिङ गरेपछि चार अंकको पिन नम्बर माग्छ। त्यो पिन नम्बर हालेर ‘ओके’ गरेपछि तपाईंको आईपीओ स्वीकृत भएको संकेत त्यहीँ आउँछ। तपाईंले आवेदन दिएकोबारे ‘एप्लिकेसन रिपोर्ट’ भन्ने अप्सनमा गएर हेर्न सकिन्छ।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्