काठमाडौं– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण नेपाली कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित भएको छ।
एमालेको १०औं महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदै छ। शुक्रबार महाधिवेशन उद्घाटन सभामा एमालेले ५ लाखको संख्यामा सर्वसाधारण उतार्ने दाबी गरेको छ।
एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेस चितवनका एक नेताले जानकारी दिए। 'यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकोले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ,' नेपाली कांग्रेस चितवनका ती नेताले भने।
१६ र १७ को लागि तय भएको ७ प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ।
प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशन पछि सार्दा समेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।