• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बमका छर्राले छियाछिया शरीरसितै २ महिना हिरासत र २६ महिना जेलको बास

64x64
धनु विश्वकर्मा सोमबार, मंसिर २०, २०७८  ११:३४
1140x725

काठमाडौं- शरीर पहिलेको जस्तो तन्दुरुस्त छैन। बमका छर्रा बोकेर हिँडेका छन्। चर्को घाम र चिसो दुवै सहन सक्दैनन्। बेला बेलामा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ। 

धेरै लामो समय उपचार गरे पनि उनको छाती, हात र आँखामा छर्रा बाँकी छन्। त्यसैले शरीर दुखिरहन्छ। तर, राजनीति छाडेका छैनन्। हिजो पनि उनी सडकमा थिए र आज पनि सडकमा छन्। सडकबाट राजनीति गरिरहेका छन्।

त्यो दिन उनी आमाको उपचारका लागि दौडिरहेका थिए। त्यही बेला एउटा भयानक ‘दुर्घटना’मा परे। बम विष्फोटले उनको जीवन नै मोडिदियो। त्यो दिन अहिले पनि उनको सम्झनामा छ।

रविन त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर स्नातक पढिरहेका थिए। बेथितिविरुद्धको आन्दोलनमा पनि सहभागी हुन्थे। त्यसबापत कयौँ पटक हिरासतमा पनि पुगिसकेका थिए। 

यता बीएस्सी दोस्रो वर्षको परीक्षा नजिकिँदै थियो। उता रुकुमस्थित गाउँमा रुखबाट लडेर आमाको दुवै हात भाँचिए। आमालाई वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको थियो। 

आमाको उपचारका लागी पर्याप्त पैसा थिएन। उनको परिवार आर्थिक रूपमा बलियो छैन। उनले साथी प्रज्वल शाहीसँग सहयोग मागेका थिए। प्रज्वलकोे घर बझाङ हो। उनीहरु दुवै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृसंगठन अखिल क्रान्तिकारीमा काम गर्थे। प्रज्वल केन्द्रीय सदस्य र रविन कार्यकर्ता थिए। 

२०७६ साल वैशाख १२ गते उनको परीक्षाको दिन थियो। परीक्षा दिन दिउसो १ बजे शान्तिनगरस्थित वागमती बहुमुखी क्याम्पस परीक्षा केन्द्रको हलमा पुगे। तर, त्यो दिन उनले आमाको उपचारका लागि पैसा जुटाउनुपर्ने थियो। साथी प्रज्वलसँग पैसा सापटी मागेका थिए। उनले पाँच हजार रुपैयाँ दिने वचन पनि दिएका थिए।

रविन परीक्षा हलमा बसिरहन सकेनन्। एक घन्टामा नै निस्किए। प्रज्वलले आफू बस्ने डेराको लोकेसन दिएका थिए। उनी डेरा खोज्दै घट्टेकुलोतिर लागे। तर, घर पत्ता लगाउन सकेनन्। फेरि फोन गरे। उनलाई लिन प्रज्वल आफैँ घरबाहिर निस्किए।

Ncell 2
Ncell 2
nimb
nimb

दुवै जना डेरा पुगे। प्रज्वल भित्र छिरिसकेका थिए। उनी मूल ढोकामा जुत्ता खोल्न थाले। एउटा जुत्ता खोलिसकेर अर्को जुत्ताको तुना खोल्न घोप्टो परेका थिए। त्यति नै बेला अचानक विस्फोटको ठूलो आवाज आयो। त्यो आवाज कानले थेग्न सक्ने खालको थिएन। 

बमका छर्राहरु उनको शरीरका विभिन्न भागमा लाग्यो। अनुहार पनि छियाछिया भयो। रगत बग्न थाल्यो। त्यही बेला भित्रबाट कालो मुस्लो मडारिएर बाहिर आयो। उनका आँखाले सबै अन्धकार मात्र देख्यो। अनि, बेहोस भएर त्यहीँ ढले।

त्यसपछि के भयो उनलाई पत्तो हुने कुरै भएन। केही बेरमै प्रहरी आएछ र उनलाई उद्वार गरेर अस्पताल पुर्‍याएछ।

उता आमा ट्रमा सेन्टरमा छोरोको बाटो कुरिरहेकी थिइन्। हुन त रविनलाई पनि ट्रमा सेन्टर नै लगिएको थियो। तर, दुई जना सँगै थिएनन्। न त आमाले छोरोको खबर नै थाहा पाएकी थिइन्। उनी त्यही दिन अस्पतालबाट बिदा भइछिन्। डिस्चार्जका लागि पार्टीका साथीहरूले सहयोग गरे पनि छोरो दुर्घटनामा परेको खबर सुनाएनछन्। आमालाई पार्टीकै साथीहरुले लगेर राखेछन्।

अस्पतालको बेडमा उनका आँखा खुल्दा प्रहरीले पहरा दिइरहेका थिए। साथी प्रज्वलको मृत्यु भइसकेको रहेछ। आफू घाइते हुँदा दुःख त थियो नै, प्रज्वलको मृत्युको खबरले झनै मर्माहत भए।

अब अस्पतालको बेडमा नै प्रहरीले उनीमाथि केरकार सुरु गर्‍यो। ‘उपचारमै रहेको बेला प्रहरीले मलाई मानसिक यातना दियो,’ उनले भने, ‘म घाइते थिएँ। यो देशको नागरिक हुँ र पीडित थिएँ। तर, मलाई राज्यले अपराधीजस्तो करार गर्‍यो।’

रविनले ट्रमा सेन्टरमा चार दिन उपचार गराए। त्यति बेलासम्ममा विष्फोटको समाचार लगातार आइरहेका थिए। देशैभर चर्चा थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदमा ‘आतंककारीहरूले बम विस्फोट गराएको’ बताए। उनले विप्लव नेतृत्वको नेकपातिर संकेत गर्दै यस्तो बताएका थिए। 

रविन पनि नेकपाको भातृसंगठनको सदस्य थिए। बम विष्फोट गराउन आफ्नो हात नभएको उनी बताउँछन्। तर, बादलले ‘आतंककारी’ भन्दा आफ्नो चित्त दुखेको उनको भनाइ छ। ‘म पीडामा थिएँ। गृहमन्त्रीले त्यो दुर्घटनालाई पनि राजनीतक रङ दिए। राजनीतिक आँखाले हेरे। अझै आतंककारी नै भने। त्यसबाट उनीहरुको दृष्टिकोण प्रष्ट हुन्छ,’ रविन भन्छन्। 

उनको उपचार पार्टी र विद्यार्थी संगठनले गरिदियो। तर, प्रहरीको पहरा जारी थियो। चार दिनपछि उनी हिरासत पुगे। उनीमाथि जाहेरी पर्‍यो र प्रहरीले छानबिन थाल्यो। उनी ६५ दिन हिरासतमा बसे। उनको शरीरमा बारुदका छर्रा बाँकी नै थिए। आमाको अवस्था बुझ्न सकेका थिएनन्।

त्यसअघि पनि उनी हिरासत परेका थिए। राज्यका बेथिति र अन्यायविरुद्धका आन्दोलनमा उनी सहभागी हुने गरेका थिए। त्यसकारण पटक-पटक पक्राउ पर्ने गर्थे। त्यसैले प्रहरीको त्यो कक्ष उनका लागि नयाँ थिएन। तर, त्यति बेला भने फरक अनुभूति गरे। प्रहरीले गर्ने व्यवहार फरक थियो।

दुई महिनाभन्दा बढी समय हिरासतमा राखेपछि उनलाई जेल चलान गरियो। उनले २६ महिना सुन्धाराको सेन्ट्रल जेलमा बिताए। ‘मेरो जेलको २६ महिना २६ जुनीजस्तो भयो। जेल सिकाइको पाठशाला रहेछ। धेरै कुरा जान्न पाएँ,’ उनी भन्छन्।

२०७८ असार २१ मा सर्वोच्चको आदेशबाट उनी रिहा भए। उनी अहिले खुला संसारमा छन्। तर, जेलभित्र पनि राज्यले गर्ने विभेद र यातना सम्झेर दुःखी हुन्छन्।

त्यो दुर्घटनाको पीडा भने उनले जिन्दगीभर सहनुपर्ने भएको छ। शरीरमा कता-कता छर्रा छन् अझै थाहा छैन। बेला बेला चस्केर दुख्छ। अझै उपचार जारी राख्नु परेको छ। तर, आफूले दुःखी गरिबका लागि गरिरहेको राजनीतिबाट भने अलग नहुने उनी बताउँछन्।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्