चितवन- नेकपा एमालेका नेता सुवास नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा लड्न सुझाव आएको बताएका छन्।
बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले आफूलाई साथीहरुले वरिष्ठ उपाध्यक्षमा लड्न सुझाव दिएको बताएका हुन्। एमाले अध्यक्ष केपी ओली हुने विषयमा विवाद नभएको उनले बताए।
'अध्यक्षमा केपी ओली। उहाँकोमा विवाद छैन। उहाँले केही नभनेपनि सिंगो देशले केपीको अध्यक्षतामा भनिरहेको छ। मैले पनि त्यही भनिरहेको छु। उहाँको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्ने। त्यो भयो भने यो महाधिवेशन भव्यतापूर्वक सफल भएको सन्देश जान्छ,' नेता नेम्वाङले भने, 'निर्वाचन हुने भयो भने पनि महाधिवेशनबाट टुंगो लगाउँछौं। साथीहरुको सल्लाहले जे गर् भन्नु हुन्छ त्यही गर्छु। अहिलेसम्मको सल्लाह चाँही वरिष्ठ उपाध्यक्षमा उठ्नु भनेका छन्। मैले घोषणा गरेको छैन। म महाधिवेशन स्थलमै गर्छु।'
एमाले महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।