काठमाडौं– सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस संस्थापन पक्षको प्यानल नै विजयी भएको छ। सो क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्षीय ऐयुब अन्सारी नेतृत्वको प्यानल विजयी भएको छ। विजयी अन्सारीले ४२७ मत प्राप्त गरे। कुल खसेको ६५४ मतमा पराजित जमिल अख्तर आजादले २२० मत ल्याए। अख्तर आजाद संस्थापन इतरका जिल्ला नेता हुन्।
सचिवमा रोशनकुमार खड्काले ३९८ र जुगेश्वर यादव ३८७ मत ल्याएर विजयी भए। सचिवद्वय खड्का र यादव पनि संस्थापन पक्षका हुन्। सुनसरी ४ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्र हो।
यसै क्षेत्रबाट कार्की गत निर्वाचनमा विजयी भएका थिए। सुनसरीमा संस्थापन पक्षले प्रतिनिधि सभा क्षेत्रमा सभापति जितेको यही क्षेत्र मात्रै हो।
सुनसरी–२ मा लिलामणि सुवेदी संस्थापन इतर समूहबाट सभापतिमा विजयी भएका छन् भने सुनसरी १ संस्थापनइतरका सुजेन्द्र तामाङले संस्थापन पक्षबाट उम्मेदवार बनेकी लक्ष्मी खतिवडालाई सभापतिमा हराएका हुन्। क्षेत्र नम्बर ३ मा बिहीबार (आज) अधिवेशन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।