काठमाडौं- तेह्रथुम जिल्ला सभापतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय उम्मेदवार अर्जुन तुम्बाहाम्फे निर्वाचित भएका छन्।
शेरबहादुर देउवापक्षीय उम्मेदवार कमल ढुंगानालाई हराउँदै तुम्बाहाम्फे विजयी भएका हुन्।
विजयी तुम्बाहाम्फेले करिब दोब्बर मतले ढुंगानालाई हराएका छन्। विजयी तुम्बाहाम्फेले ४५० मत प्राप्त गरे। पराजित ढुङ्गानाले २३६ मत ल्याए।
तेह्रथुमको कांग्रेस उपसभापतिद्वयमा मचिन्द्र सुब्बा र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन्। सचिवद्वयमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल विजयी भए।
डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे सहसचिवमा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।