काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन्।
बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन्। उनले ४ सय १९ मत प्राप्त गरे भने घर्तीले ३ सय २९ मत प्राप्त गरेका थिए।
त्यसैगरी, क्षेत्रीय सचिवमा भरतबहादुर केसी र हिमबहादुर भण्डारी विजयी बने भने सहसचिवमा दिपक कुवँर र निरन चन्द विजयी भएका छन्।
त्यसैगरी, प्रत्यक्ष खुला सदस्यमा ज्ञानबहादुर श्रीस, दीपेन्द्र कुवँर र रामबहादुर खड्का निर्वाचित भएका छन्। समानुपातिक खस आर्यतर्फको सदस्यमा अनिताकुमारी जैसी आदिवासी जनजाति खुल्लातर्फ भागीबहादुर घर्ती तथा दलित महिलातर्फ कमला विक विजयी भएकी छन्।
दलित खुलातर्फ ठगबहादुर विक तथा अल्पसंख्यक, अपांग खुलातर्फ युवक प्रसाद श्रेष्ठ विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।