काठमाडौं– नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६को सभापतिमा देवराज तामाङ निर्वाचित भएका छन्।
महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट उक्त क्षेत्रमा कोइराला पक्षका तामाङको प्यानल नै विजयी बनेको हो। मोरङ ६ नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र हो।
तामाङले ३२० मत ल्याएर विजयी हुँदा सभापति शेरबहादुर देउवा पक्षका चेतराज रेग्मीले २१२ मतमात्र ल्याएमा थिए।
त्यसैगरी, मोरङ १ मा पनि संस्थापनइतरका शंकर राई सर्वसम्मत सभापति चयन भएका छन्।
त्यसैगरी, मोरङ ५ मा जीवछ गच्छदार सर्वसम्मत सभापति चयन चयन भएका छन्। उनी संस्थापन पक्षका केन्द्रीय सदस्य अमृत अर्याल निकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।