काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नं १ को सभापतिमा दिनेश लामा र २ क्षेत्र नं को सभापतिमा महेश खरेल विजयी भएका छन्।
मंगलबार भएको मतदानमा लामाले प्रतिस्पर्धी विष्णुमाया पुलामीलाई पराजित गरेका हुन् भने खरेल प्रतिस्पर्धी सुन्दरमणि आचार्यलाई हराउँदै सभापति बनेका हुन्। जिल्लामा फरक पक्षमा देखिए पनि दुवै सभापति संस्थापन पक्षकै हुन्।
क्षेत्र नं १ को क्षेत्रीय सचिवमा विद्यासागर लामा र किशोरराज गिरी निर्वाचित भएका छन्। यस्तै सहसचिवमा गणेशप्रसाद अधिकारी र पदमबहादुर लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, क्षेत्रीय समिति सदस्यमा नवराज दाहाल, लालकुमार पाख्रिन, सत्यदेवी गौतम, केदारप्रसाद अधिकारी, शङ्कर अधिकारी र सुधा श्रेष्ठ निर्वाचित भएका छन्।
यसैगरी काभ्रेपलाञ्चोकको क्षेत्र नं २ को सचिवमा आनन्द सापकोटा र नारायणप्रसाद सापकोटा विजयी भएका छन्। सो क्षेत्रको सहसचिवमा चिरञ्जीवी आचार्य र पुरुषोत्तम बजगाई विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।