काठमाडौं- नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।
शेरबहादुर देउवापक्षका उम्मेदवार शाहीले संस्थापनइतरका उम्मेदवार अंगद बुढालाई पराजित गर्दै जिल्ला सभापति निर्वाचित भएका हुन्।
विजयी शाहीले २३७ मत प्राप्त गरे। पराजित उम्मेदवार बुढाले १५७ मत प्राप्त गरेका थिए।
यता, उपसभापतिमा पूर्णबहादुर शाही र लक्ष्मण शाही विजयी भएका छन्। हिक्मतबहादुर शाही र दशरथचन्द रोकाया सचिवमा निर्वाचित भएका छन्। यस्तै, सहसचिवमा लक्ष्मण शाह र सुरेन्द्र महत विजयी भए।
डोल्पाको प्रदेश सभा क्षेत्रको ‘क’ मा केशव बुढा र ‘ख’मा मोती उपाध्याय सभापतिमा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।