काठमाडौं- नेपाली कांग्रेस डोटीको सभापतिमा नरेन्द्रबहादुर सिंह निर्वाचित भएका छन्।
शेरबहादुर देउवापक्षका उम्मेदवार सिंहले संस्थापनइतरका उम्मेदवार भूमिराज बडुलाई पराजित गर्दै जिल्ला सभापति निर्वाचित भएका हुन्।
सिंहले ५६८ मत प्राप्त गरे। यता, पराजित बडुले ३९७ मत प्राप्त गरे।
पहिलो चरणमा ५१ प्रतिशत मतपरिणाम कुनै पनि उम्मेदवारको पक्षमा नआएपछि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणमा पहिलो स्थान ल्याएका सिंह नै दोस्रो पटकको मतदानमार्फत् सभापतिमा चुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।