काठमाडौं– नेपाली कांग्रेस पर्वतको जिल्ला अधिवेशनको मतगणना स्थगित भएको छ। मतपत्रमा त्रुटी देखिएपछि गणना स्थगित गरिएको हो।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुला र खस आर्यतर्फ महिला तथा पुरुष छुट्टाछुट्टै महल हुनुपर्नेमा एकै स्थानमा राखिएकोले मतगणना स्थगित गरिएको छ।
सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ। यामबहादुर मल्ल, युवराज जोशी र मिलन सुवेदीबीच सभापतिमा प्रतिस्पर्धा भएको छ।
मल्ल वर्तमान कार्यसमितिका कोषाध्यक्ष हुन् र जलजला गाउँपालिकाको अध्यक्ष हुन्। जोशी महाधिवेशन प्रतिनिधि हुन्।
सभापतिका अर्का प्रतिस्पर्धी सुवेदी नेपाल विद्यार्थी संघ नेविसंघ को जिल्ला अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।