काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये १ पदमा उम्मेदवारी दिने भएका छन्। भुसाल निकट एक नेताका अनुसार उनले भोलि (बिहीबार) उम्मेदवारी घोषणा गर्ने भएका छन्।
'वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये १ पदमा उम्मेदवारी दिनुपर्छ भनेर उहाँ (भुसाल)ले पहिले नै भन्नुभएको छ। तर, कुन पदमा दिँदा उपयुक्त हुन्छ भनेर अहिले छलफलमै हुनुहुन्छ,' भुसाल निकट एक नेताले नेपाल लाइभसँग भने।
ती नेताका अनुसार उम्मेदवारीका विषयमा भुसालले बुधबार आफू निकट नेता र कार्यकर्ताहरुसँग छलफल गरेका थिए। निकटस्थहरुले पनि दुई (वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष)मध्ये जुन उपयुक्त लाग्छ त्यसमै उम्मेदवारी दिन भनेर सुझाव दिएको ती नेताले जानकारी दिए।
भुसाल निकट ती नेताले भने, 'पार्टी कमिटी भित्रै रहँदा सुधारका लागि दबाब दिन सहज हुन्छ। त्यसैले यसपल्ट जोगिएर जानुहोस् भन्ने सुझाव आएको छ।'
उम्मेदवारी दिने तयारी स्वरूप भुसालले बुधबार साँझ एक वक्तव्य सार्वजनिक गरेका छन्। बुधबारको वक्तव्यमा उनले पार्टीमा वैचाहिक बहस जरुरी रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।