काठमाडौं- ओपोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ।
वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ।
प्याटेन्टभित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखाचित्र र योजना सम्मिलित रहेका छन्। तथापि, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन।
अवधारणाका निर्माता र लेट्सगो डिजिटलसँगको सहकार्यमार्फत् यस ओपो उपकरणको सम्भावित रुपरेखा रेण्डर गरिएको छ। यसलाई हेर्दा ओपोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ।
कम्पनीका अनुसार रेण्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ। यसमा कम्पनीले कभर्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन।
ओपोको नयाँ प्याटेन्टले स्मार्ट फोन उद्योगमा नयाँ उचाइ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ। तथापि, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ।
योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइ हालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।