• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुलुकको नजर हामीमाथि छ

घनश्याम भूसाल बुधबार, मंसिर ८, २०७८  २०:३१
1140x725

नेकपा एमालेका लाखौं सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धूलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढि एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाका साथ दशौं राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन्। यसका समर्थक र शुभचिन्तकहरुले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रुपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन्। आफैंले गरेका वाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरुको ठूलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ। अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रुपमा पुनर्स्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठूलो जनमतका आँखा पनि हामीतिरै छन्। कम्युनिस्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरुको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ। हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुखी हुने दुनियाँ भरीका कम्युनिस्ट, प्रगतिशील, वामपन्थी तथा समाजिक न्याय र समानताको पक्षधरहरुले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहान्छन्। संक्षेपमा, मुलुक र दुनियाँले केहि भरोसा, केहि विश्वास र केहि आशाका साथ हामीलाई हेरिहरको छ। 

सङ्कट गहिरिँदै छ 
७० वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थीरता हो। तर, हामीले या त अस्थीरता या निरङ्कुशता पायौं। करिब ४ वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिस्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो। लोकतान्त्रिक स्थीरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्नसक्ने भएको थियो। तर, गएको एक वर्षकै समयमा हामी आफैंले कम्युनिस्ट पार्टीको बहुमतको संसद विघटन गर्‍यौं, एकीकृत पार्टी विभाजित गर्‍यौँ, संघीय र प्रादेशिक सरकारहरु भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफै राजनीतिक घेराबन्दीमा परेका छौं। सबै राजनीतिक पार्टीहरु स्वार्थ केन्द्रित गुटबन्दीको भूमरीमा फस्दै गएको, संसद राजनीतिक खिचातानीको सिकार भएको, अदालतमा विचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्याय व्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थीरता  खतरामा पर्न थालेको छ। क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो सङ्कट हाम्रो आफ्नै सङ्कट हो।

सिद्धान्तलाई अवमूल्यन नगरौं 
अगणित पूर्खाहरुले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो। त्यसैले क्रान्तिको पहिलो ग्यारण्टी पनि सिद्धान्त हो: जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ। क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरुको प्रतिस्पर्धा बन्न जान्छ। जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दु:ख पाउँछ। त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेलमैदान बन्छ। दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलार्ई ती गुटहरुको खेलौना बनाउँछ। एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्तत: सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ। र, पार्टी र राजनीति झन् झन् सङ्कटग्रस्त हुँदै जान्छन्। हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौँ, नेपाली कांग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो? नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित किन पानीको फोका भयो? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुङ् भयो? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन, बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नु पर्छ। 

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ। सामन्ती शासनको ठाउँमा कस्तो प्रतान्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो। हामी आफैंले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए। २०६२/६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौं महाधिवेशनले हटायो। नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको, तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिस्टहरुको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धी हो। स्मरण रहोस्, त्यहि निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो। तर, त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रुपले नवौं महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन। संक्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनााउँछ।

कहाँ छ त समस्या?
हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौं, कसरी लागू गर्छौं जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो। त्यस्तो कार्यक्रम लागू गर्न पार्टीका केन्द्रीय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ? तिनको योग्यताको परिक्षण कसरी हुन्छ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरुले के गर्छन्? कसरी गर्छन्? प्रादेशिक सरकार र स्थानीय सरकारहरुले के गर्छन्? पार्टीका नीतिहरु कसरी बनाइन्छ? कस्ता व्यक्तिहरु पार्टी सदस्यताका लागि योग्य हुन्छन्? कमिटीका निर्वाचन कसरी गरिन्छ? जस्ता सबै समस्याको समाधान संगठनात्मक सिद्धान्तले गर्छ र त्यसका आधारमा पार्टीको विधान बन्छ। यसरी कार्यदिशा, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त र विधानको सङ्गतिपूर्ण पार्टी व्यवस्था बन्छ। हामीले कार्यदिशा त बनायौं, तर कार्यक्रम अझैसम्म बनाएनौं। कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने सङ्गठनात्मक सिद्धान्त र विधान पनि बनाइएन। अर्थात्, आज हामीले समाजवादको झण्डा त बोकेका छौं, तर कता हिँड्दै छौं भन्ने स्वयम् हामीलाई थाहा छैन। समस्याको जरो यहीँ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपरोक्त असङ्गतिले गर्दा संसद्, पार्टी, सरकार र राजनीतिले एकपछि अर्को धक्का खाँदै गयो। राष्ट्रिय पुँजीको विकास वा समाजवादको बुझाइ व्यक्तिपिच्छे फरक भए। गएको ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम आयोजना भएन। विचार/सिद्धान्त वा मार्क्सवाद वा जनताको बहुदलीय जनवादमााथि कुनै गतिलो चर्चासमेत भएन। दलाल पुँजी वा राष्ट्रिय पुँजी के हो? दलाल पुँजीसँग को लड्छ? कसरी लडिन्छ? समाजवादको तयारी भनेको के हो? त्यसका लागि कसले के गर्नु पर्ने हो? सिद्धान्त निर्माण गर्ने विधि के हो? सिद्धान्त कसले बनाउँछ? कसरी बनाउँछ? जस्ता प्रश्न नै उठ्न छोडे। त्यसले पार्टी पंतिले के ठिक वा के गलत हो भनेर विश्लेषण सकेन। अराजकता र गुटबन्दी बढ्दै गयो। नेताहरुका स्वार्थको छद्म युद्धमा पार्टी फस्यो। त्यहि छद्म युद्धमा संसद विघटन, पार्टी विभाजन, सरकारहरुको विघटन हुँदै गयो। किटानीका साथ के भन्न सकिन्छ भने यदि यी कमजोरीलाई नसुधार्ने हो भने गल्ती दोहरिँदै जानेछन् र समयले हामीसँग चर्को ब्याजका साथ सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नेछ।

मेरो अनुरोध
मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा छ। त्यो अहिले सबै मुख्य पार्टीहरुको पनि कार्यदिशा बनेको छ। सङ्गठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन। इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौं। समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरुका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो। तर, माथि उल्लेख गरिएझैं, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने सङ्गठनात्मक व्यवस्थामा असङ्गतिहरु छन्। 

जसरी ज्ञान–विज्ञानका उपलब्धी कुनै राष्ट्र वा जातीका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरु कुनै गुट वा समूहका हुँदैनन्। जेसुकै कारणले होस्, हामीले दशौं महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौं। तर, पार्टीका सिद्धान्तहरुको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असङ्गति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नै पर्नेछ। त्यसैले, सबै प्रतिनिधि समक्ष मेरो अपील छ: दशौं महाधिवेशनले कम्तिमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन सङ्कल्प गरोस्। 


नेकपा एमालेका नेता भूसालले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा जारी गरेको  'अपिल'

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २०:३१
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्