• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यी हुन् बार आन्दोलनको अग्रभागमा रहने जोशिला तीन वृद्ध

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर ९, २०७८  ०६:५०
1140x725

काठमाडौं- वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी उमेरले ९५ वर्ष पुगिसकेका छन्। अहिले पनि उनी वकालत गर्न अदालत पुग्छन्। पछिल्लो समय एक महिनादेखि उनी निरन्तर सर्वोच्च अदालत धाइरहेका छन्। तर, यसपटक बहसका लागि सर्वोच्च गएका होइनन्।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ। हरेक दिन बिहान १० बजे कानुन व्यवसायीहरू पाखुरीमा कालो पट्टी बाँधेर १२ बजेसम्म धर्ना बस्छन्। त्यही धर्नामा भेटिन्छन् भण्डारी।

भण्डारीजस्तै तीन जना बयोवृद्ध कानुन व्यवसायी अहिले वकिलहरुको आन्दोलनको अग्रभागमा देखिने गरेका छन्। वरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुंगाना (८०) र अधिवक्ता कमल कोइराला (८५) पनि बारको आन्दोलनको अग्रभागमा छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेशबाट रोक्न उनीहरु मूलद्वारमा धर्ना दिने गर्छन्। तर, प्रधानन्यायाधीश राणा भने वैकल्पिक ढोकाबाट सर्वोच्च प्रवेश गरिरहेका छन्। 

न्यायालय सुधारको माग गर्दै बारले गएको कात्तिक ८ देखि आन्दोलन थालेको थियो। गएको मंगलबार पनि धर्नामा बसेका ‘वृद्ध वकिल’हरू अन्य कानुन व्यवसायीबाट घेरिएका थिए। आन्दोलन सकेर निस्कँदै गर्दा कमल कोइरालालाई हिँड्न सकस भइरहेको थियो। तर, जोश भने उस्तै थियो। उनले भने, ‘म बार एसोसिएसनको सदस्य हुँ। भ्रष्टाचार विरोधी आन्दोलन बारको देशभरका ९० वटा शाखामा चलिरहेको छ। अब न्यायालय स्वच्छ हुनुपर्छ। त्यसैले म आन्दोलनमा आइरहेको छु।

सर्वोच्चको विकृतिविरुद्ध आन्दोलन भइरहँदा दलहरु मौन बसेकोप्रति उनी असन्तुष्ट छन्। ‘निर्वाचन प्रणाली एकदम खर्चिलो छ, निर्वाचनको लागि पैसा अति जरुरी हुन्छ। त्यस्तो पैसा बिचौलिया र अपराधीले दिन्छन्। त्यसैले राजनितिक दल अहिले चुपचाप छन्।’

दलका नेताहरूजस्तो उनी टुलुटुलु हेरेर बस्न सकेनन्। कुनै समय राजनीति र पत्रकारितामा सक्रिय कोइराला वृद्ध अवस्थामा पनि कालो कोट लगाएर निस्किए। अनि बेथितिविरोधी आन्दोलनको अग्रभागमा बस्न थाले।

उनीसँग भेटिन्छन् कृष्णप्रसाद भण्डारी। दिउँसो १२ बजे धर्ना सकिएपछि उनी पनि बसिरहेको ठाउँबाट उठ्छन्। लट्ठी टेक्दै सर्वोच्च परिसरबाट निस्कन लाग्दा एकछिन् वकिलहरुबाट घेरिन्छन्। उनलाई ‘गुरूदेव’ भन्दै कतिपयले त ढोग नै गरिदिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार धर्ना कार्यक्रम सकिएपछि उनी नजिकैको बेञ्चमा बसेर केही बेर सुस्ताए। कालो कोट लगाएका उनले पाखुरामा कालो पट्टी बाँधेकै थिए। छातिमा ‘बिचौलियालाई कारबाही गर’ लेखिएको पर्चा थियो। बेञ्चमा बसेरै उनले केहीबेर कुराकानी गरे।

अहिले नेपाल बार एसोसिएसनले राम्रो काम गरिरहेको उनी बताउँछन्। ‘प्रधानन्यायाधीशको कर्तुत र भ्रष्टचार मिडियाहरुमा आइसकेको छ। न्यायालयमा व्यापक भ्रष्टाचार छ। अहिले त्यसविरुद्ध बोल्नु आवश्यक छ। अहिले नबोले कहिले बोल्ने त?’, उनले भने। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्नु पर्ने उनको भनाइ छ।

भण्डारी २००७ सालको क्रान्तिमा पनि सहभागी थिए। न्यायको पक्षमा आफू सधैँ लागिरहेको उनी बताउँछन्। नेपालमा पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानदेखि नै आफू यो क्षेत्रमा रहेको उनले बताए। ‘हरि प्रसाददेखि मिश्रजी (ओमप्रकाश) को पालासम्म सबै प्रधानन्यायधीश अति राम्रा हुन्। वकिल पनि राम्रा हुन्। सबै विद्वान थिए। त्यहाँभन्दा यता आएर न्यायलय बिग्रको छ।’

न्यायालय अहिले विचौलियाको कब्जामा गएको भण्डारी बताउँछन्। राजनीतिक दल र विचौलियाले अदालतमा चलखेल गर्ने गरेको उनले आरोप लगाए। यो अवस्थाबाट अदालतलाई मुक्त गर्न आफू पनि आन्दोलनमा आएको उनको भनाइ छ। ‘देश र जनताका लागी भनेर दिनहुँ लडिराखेका छौँ। राजनीतिक दलका व्यक्ति नै विचौलियाको प्रतिनिधि भएपछि समस्या भएको छ,’ उनी भन्छन्, ‘तर, करिब ९० प्रतिशत हाम्रो विजय भैसकेको छ। बारले गरेको आन्दोलनले पूर्णता पाउनेमा म ढुक्क छु।’

सर्वोच्चमा पेसी तोक्न गोलाप्रथा लागू हुने भएपछि केही हदसम्म बारको माग पूरा भएको उनले बताए। अब प्रधानन्यायाधीशको बहिर्गमनले मात्र आन्दोलन रोकिने उनको भनाइ छ। प्रधानन्यायाधीश राणालाई उनले राजीनामा दिन पनि सुझाव दिए।

भण्डारी र कोइरालासँगै आन्दोलनको अग्रभागमा देखिने अर्का अग्रज वकिल हुन् दमननाथ ढुङ्गाना। उनी बारले थालेको आन्दोलनको पहिलो दिनदेखि सक्रिय छन्। हरेक दिन ९ः३० बजेतिर सर्वोच्च अदालत परिसर पुगिसक्छन्। धर्ना र विरोध कार्यक्रम सकेर मात्र फर्किन्छन्। 

आफू विधि र पद्दतिको शासन तथा न्यायालयको शुद्धीकरणका लागि आन्दोलनमा सहभागी भएको उनले बताए। सामाजिक सञ्जाल टुइटरमार्फत पनि उनी बारको आन्दोलनको प्रचार गरिरहेका छन्। उनले लेखेका छन्, ‘भ्रष्टाचार आफैँ बढ्दैन, नष्ट बुद्धिले बढाउँदछ। अझैसम्म पनि ‘न्यायालयको समस्या न्यायालयले हल गरोस्’ भनेर यस गठबन्धित सरकारका दलहरू जे भन्दैछन्, त्यो संविधानको सम्मान होइन, सिधै भ्रष्टाचारको संरक्षण हो। लाज मर्नु लाचारी हो।’

देश असफल हुने लक्षण सर्वोच्चको प्राङ्गणमा देखिएको उनले उल्लेख गरेका छन्। दलहरुको भूमिकाप्रति उनले तीव्र असन्तुष्टि जनाएका छन्। ‘शुद्धीकरणमार्गी बारका वकिलमाथि बन्दुक ताक्ने सुरक्षा गस्ती किन रे थाहा छ? प्रधानन्यायाधीशको सुरक्षा खातिर रे?’ भन्दै उनले व्यंग्य पनि गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्