काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को अधिवेशनमा मतगणनाको विषयलाई लिएर विवाद भएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेदवारबीच मतगणनाको विषयलाई लिएर विवाद भएको हो।
भक्तपुर क्षेत्र नम्बर १ बाट पौडेल पक्षका महाधिवेशन प्रतिनिधिका उम्मेदवार विनोद प्रकाश कायस्थ र क्षेत्रीय सभापतिका उम्मेदवार उद्धव खड्काले मतगणना बहिस्कार गरेका छन्।
मंगलबार भएको क्षेत्रीय अधिवेशनपछि मतगणना सुरु हुँदा देउवा पक्षका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधाधर विकास मन्त्री कृष्ण भँडेलको नेतृत्वमा केही युवाहरुले होहल्ला गरेर मतगणना गर्न नदिएको कायस्थ र खड्काले आरोप लगाएका छन्।
मतगणना पुन: सुरु गर्ने विषयमा मतदान अधिकृत र जिल्ला निर्वाचन अधिकृतलाई सम्पर्क गर्दा सम्पर्क नभएको उनीहरुको भनाइ छ।
मतगणनास्थलमा झडप हुने स्थिति सिर्जना भएपछि आफूहरु मंगलबार राति त्यहाँबाट बाहिरिएको कायस्थ र खड्काले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।