काठमाडौं- केन्द्रीय पक्षधरता तोडेर महामन्त्री डा शशाङ्क कोइरालाले नवलपुरमा सभापति शेरबहादुर देउवासँग गठबन्धन बनाएका छन्। देउवा-शशाङ्क गठबन्धन बनेपनि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष नवलपुरमा पराजित भएका हुन्।
देउवा- शशाङ्क गठबन्धन बनेपनि नवलपुर १ को सभापतिमा पौडेल पक्षका सभापति विजयी भएका छन्। पौडेलपक्षका अमृत भट्टचनले सभापतिमा प्रतिस्पर्धी देउवा-शशाङ्क गठबन्धनका कमल पराजुलीलाई हराए।
६७० मत ल्याएर भट्टचन विजयी भएका छन्। पराजुलीले ४४७ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।