काठमाडौं– नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका आचार्य सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै जिल्ला सभापति निर्वाचित भएका हुन्।
आचार्यले ५०२ मत प्राप्त गरे। उनीसँग पराजित भएका देउवा पक्षका मान बहादुर खत्रीले ४४० मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।