काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन्।
प्रतिस्पर्धी सुरेन्द्रबहादुर खड्का र किरण शाहलाई पराजित गर्दै जगत निर्वाचित भएका हुन्। उनी संस्थापनइतरबाट उम्मेदवार बनेका थिए।
निर्वाचित जगतले ४३८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्रले ३११ र शाहले ६८ मत पाएका छन्।
यसअघि क्षेत्र नम्बर १ मा संस्थापनइतरकै भेषराज पाण्डे निर्वाचित भइसकेका छन्। पाण्डेले ४२२ मत ल्याएका थिए। पराजित सर्वजित डाँगीले २५७ मत पाएका छन्।
क्षेत्र नम्बर २ मा भने संस्थापनपक्षका भीमप्रकाश खड्का निर्वाचित भएका छन्। खड्काले ३६६ मत ल्याएका छन्। उनले संस्थापनइतरका चित्रबहादुर डाँगी (निर्मल) लाई पराजित गरेका थिए। पराजित डाँगीले २६७ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।