काठमाडौं– गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको नयाँ गीत ‘सुन बाटुली’ सार्वजनिक भएको छ। बाँस्कोटाकै शब्द र स्वर रहेको तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी फिचर गरिएको गीत मंगलबार सार्वजनिक भएको हो।
‘डान्सिङ नम्बर’को रुपमा गाइएको गीतमा बास्कोटाले लोक शब्द र आधुनिक संगीतलाई फ्युजन गरेका छन्। गीतको संगीत सन्नी सुनमले गरेका छन् भने मिक्सिङ जोश्वा भोलानले गरेका छन्।
निश्चल र स्वस्तिमाको नृत्यलाई प्रदिप लामाले कोरियोग्राफ गरका छन्। भिडियोको निर्देशन निश्चल आफैंले गरेका छन् भने भिडियोलाई पवन सुस्लिङले खिचेका छन्। मनोज श्रेष्ठको भिएफएक्स रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका छन् भने रंग सञ्योजन राजेन्द्र मोक्तानको रहको छ।
भिडियो ‘ब्लाकहर्स पिक्चर्स प्रा.ली’को युट्युबमार्फत सार्वजनिक भएको छ।
>
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।