काठमाडौं– सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
सुर्खेत २ को अधिवेशनमा संस्थापनइतरका जिल्ला सभापति रेग्मी पराजित भएका हुन्। महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्लामा संस्थापन पक्ष हाबी भएको छ।
सुर्खेतका दुवै क्षेत्रका सभापति संस्थापन पक्षबाट विजयी भएका छन्। खड्का निकटको प्यानल सुर्खेतका दुवै क्षेत्रमा प्यानलसहित विजयी भएको छ।
महामन्त्री खड्का सुर्खेत १ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।