काठमाडौं–सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रसकका संस्थापनइतरका सभापति चयन भएका छन्।
संस्थापनइतरका सुजेन्द्र तामाङले संस्थापन पक्षकका उम्मेदवार लक्ष्मी खतिवडालाई हराएका हुन्।
संस्थापनइतरबाट सभापतिको उम्मेदवारी दिएका तामाङले ३९३ मत प्राप्त गरि विजयी भए। पराजित खड्काले २१५ मत ल्याएकी छन्। महिला विभागकी सचिवसमेत रहेकी खतिवडा सुनसरी १ को सभापतिमा प्रतिस्पर्धा गर्न पुगेकी थिइन्।
पदाधिकारीका अन्य पदमा पनि संस्थापनइतर हाबी देखिएको छ। सचिवमा महेन्द्र प्रधान र केशव पुरी संस्थापनइतरबाट विजयी भए। संस्थापन तर्फबाट सचिवमा देवेन्द्र लिम्बू र जयबहादुर लिम्बू पराजित भए।
सहसचिवमा विजयीद्वय भोजकुमार न्यौपान र सुमित राई पनि संस्थापनइतरकै हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।