काठमाडौं– जुम्लाको जिल्ला सभापतिमा कर्ण बहादुर शाही विजयी भएका छन्। शाही संस्थापन पक्षबाट विजयी भएका हुन्।
शाहीले संस्थापनइतरका सभापतिका उम्मेदवार भन्दा पाँच मत बढी ल्याई विजयी भएका हुन्। संस्थापनइतरका उम्मेदवार दीपबहादुर शाहीलाई पराजित गरी देउवा पक्षका शाही निर्वाचित भएका छन्।
विजयी शाहीले ४७४ र पराजित शाहीले ४६९ मत ल्याएका निर्वाचन समितिले जनाएको छ।
दीपबहादुर शाहीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए। विजयी शाही वर्तमान कार्यसमितिमा सचिव थिए।
पदाधिकारीका अन्य पदमा भने अधिकांश संस्थापनइतर विजयी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।