काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन भएको छ।
नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघले जनाएको छ।
शेर्पा मोटर न्युरोन रोगबाट ग्रसित थिए।
अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।