काठमाडौं– नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा शिवराज भट्टलाई पराजित गरी चन्द निर्वाचित भएका हुन्। उनले ८०९ मत प्राप्त गर्दा प्रतिद्वन्दी भट्टले ४८९ मत मात्र पाए। सभापतिमा निर्वाचित चन्द वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षाका हुन्। बैतडीमा उपसभापतिबाहेक सबै पक्षामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार पराजित भएका छन्।
यसैगरी, उपसभापतिमा खगेन्द्र सिंह धामी र वीरबहादुर बिष्ट, सचिवमा देबराज जोशी र प्रमबहादुर चन्द विजयी बने। बैतडीको सहसचिवमा दशरथ सिंह चाड र दिपेन्द्र बहादुर चन्द निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।